-आर.के.खम्बू
राष्ट्रिय महाधिवेशन संयोजक

बर्तमान के पि ओली को दुई तिहाइ मत प्राप्त सरकार सँग नेपाली जनताले धेरै अपेक्षा गरेका छन । राजनीतिक स्थिरता ,बिकास र सम्रिद्धी बाम गठबन्धन्को चुनावी नारा नै थिए । यस् मानेमा जन अपेक्षा स्वाभावीक नै हो ।
तर यो सरकार को वास्तविकता के हो भन्ने कुरो अब को दिनमा उस्ले लिने सैद्धान्तिक नितिले प्रस्ट हुने छ । किनकी पुष्पकमल दाहाल पटक पटक प्रधान मन्त्री भै परिक्षण भएकै हुन भने के पि बा पनि प्रधान मन्त्री भै परीक्षण भै सकेकै हुन । फरक यती हो त्यस बखत उहा हरु को सामान्य बहुमत पनि थिएन र देस मा राजनीतिक, सामाजिक र बैदेसिक सबै खाले अस्थिरता थियो । यस् कारण बिकास र परिवर्तन को काम गर्न सक्नु भएन त्यो बेलाको लागि छुट हुन सक्छ ।
अब देसी बिदेसी परिस्थिती अनुकुल छ । सन्सद मा दुई तिहाइ छ । बहुदलिय ब्याबस्था त्यो पनि मिस्रीत निर्वाचन प्रणालिमा यो सामान्य हुँदै होइन । उहा हरुले चाहनु भो भने गर्न नसकिने केही रहेन । उहाहरु सच्चा सामाजबादी,रास्ट्रबादी ,देशको सबैखाले अन्तर्बिरोध समाधान गर्न चाहने देश भक्त नेता हो भने सम्पूर्ण आदिबासी जनजाती मधेसी ,थारु हरुको सबै खाले जायज माग दुइतिहाइ ले तु संबिधान सम्सोधन गरेर पुरा गर्न सकिन्छ । यो सामाजिक परिवर्तन को कुरो भयो । यसै गरी प्रस्तावना मै संबिधानले समाजबाद् प्रती प्रतिबद्ध रही सम्रीद्ध राष्ट्र निर्माण गर्ने भनी लेखी सकेको अवस्थामा अब बिकास को लागी बाम सरकार ले सम्पूर्ण राष्ट्रको नीती तथा कार्यक्रम हरु समाजवादी निती अनुसार लानु पर्दछ । अहिले नेपाल ले अबलम्बन गरेको उदार अर्थतन्त्र लाई तु परिवर्तन गरी समाजवादी अर्थतन्त्र नसके पनि मिस्रित अर्थ तन्त्र लागु गरी बिस्वोब्यापिकरण को आधिहुरी बाट हाम्रो कलिलो राष्ट्रिय अर्थतन्त्र वा राष्ट्रिय पुजी लाई सुरक्षा गर्नु पर्दछ । सानो उदाहरण अहिले नेपाली उध्योग ले उत्पादन गरेको चिनी बिक्री हुन सकेन बावजुत उखु किसान ले भुक्तानी पाउन सकेन । बैंक को ऋण ले किसान को घर बार लीलाम हुने भो । कारण बाहिरी देस बाट आएको चिनी नेपाली उत्पादन भन्दा सस्तो छ । नेपाल को राष्ट्रिय पुजी मा सबै क्षेत्रमा यसरी नै प्रभाव परेको छ जस्को कारण हाम्रो राष्ट्रिय पुजी टाट पल्टदै गएको छ । हाम्रो ब्यापार घाटा परिपुर्ति हुनै नसक्ने अवस्थामा छ । मिस्रित अर्थतन्त्र अबलम्बन गर्दा निजी, गैर सरकारी संस्था लाई पनि सहभागि गराउन सकिन्छ तर उदार अर्थतन्त्रमा जस्तो राज्य शान्ती सुरक्षा,कानुन र ब्याबस्था ,प्रतिरक्षा र केही मौद्रिक एबम बित्तिय निती को मात्र जिम्मा लिएर लुट तन्त्र को रमिते बनेर बस्न हुँदैन र पाइदैन। मिस्रित अर्थ तन्त्रमा सामाजिक न्याय र समानताको लागि राज्यले अर्थ तन्त्त्रका प्रमुख क्षेत्र हरुमा हात हाल्नु पर्दछ र निजी उधम लाई पनि उचित भूमिका खेल्ने ठाउँ दिनु पर्दछ । अन्तरराष्ट्रिय अनुभव ले के देखाउछ भने दोस्रो विश्व युद्ध पछी बिकसित् मुलुक हरु सार्वजनिक क्षेत्र प्रती बढी प्रतिबद्ध भए । यसो गर्नु मा बिभिन्न सामाजिक लक्ष्य हरुको प्राप्ती का साथ साथै उच्च आर्थिक बिकास प्राप्त गर्ने लक्ष्य निहित थियो । तर सार्वजनिक क्षेत्रलाई दिएको महत्वो पूर्ण भूमिकाले सामाजिक न्याय क्षेत्रका लक्ष्य हरु प्राप्त हुन सकेनन । नोकरशाही पूँजीवाद को उदय भयो । सम्पूर्ण अर्थतन्त्र नोकरशाह हरुको हातमा पुग्यो । उनिहरुले आफुलाई मात्र सम्रिद्ध बनाए । कृषि, उध्योग र ब्यापार सँग सम्बन्धित सार्वजनिक संस्था हरु असक्षम निकाय बन्न पुगे । अहिले को नेपाल को अवस्था ठीक यही मोड मा पुगेको छ । गरीब देस मा बिनोद चौधरी हरुको जनम भएकै छ ।र मुठिभर को हातमा देशको अर्थतन्त्र फसेको छ । यस्तो पूजिबादि उद्दार अर्थतन्त्रमा बजार गरीब ,कम्जोर पिछडिएका बर्ग प्रती सम्बेदनसिल रहदैन । यो शक्तिशाली बर्गको हात को खेलौना हुन्छ । बिद्यमान बितरन प्रनाली द्वारा प्रभावित हुन्छ । सबैलाई प्रतिस्प्रधाकोअबसर रहे पनि अधिकाम्स पिछडिएका बर्ग र समाजका ब्याक्ती हरु शिक्षा स्वास्थ्य ,गरिबी र बेरोज्गारिका कारण प्रतिस्पर्धा गर्न सक्षम हुँदैनन । सम्पत्ति र आय को उचित बितरन शक्ती सम्पन्नता ज्ञान र सिप को बराबारि बितरन भएमा मात्र यस्तो प्रतिस्पर्धा सम्भव हुन्छ । बजारले गरीब कमजोर एबम असाहयहरुको पक्ष लिन सक्दैन । यीनी हरुको अनियन्त्रित बजार प्रनाली बाट पराजय मात्र भोग्नु पर्दछ । अब को सरकारको परीक्षण यसै अर्थ निती बाट हुनेछ । यस् मानेमा अब हुने भनिएको बिकास समाजवादी हुने कि पूजिबादि हुने यक्ष प्रश्न हो । हिजो कै जस्तो दोग्ला राजनीतिक बिचार धारा र त्यसैमा आधारित् पुरानै ढाचाको उद्दार अर्थनिती नै निरन्तर्ता यो सरकार ले दियो भने जुन जोगी आए नि कानै चिरेको हुनेछ । देख्दा बाटो बन्ला ,पुल बन्ला ,स्कुल , अस्पातल बन्ला ,खुब बिकास भए जस्तो देखिएला तर निस्चित बर्ग धनी भए पनि बाँकी सबै जनता पराधिन सर्बहारा बन्ने छन ।
यसो भएमा नेपाल मा एउटै कम्युनिस्ट पार्टि बनाउने अभियान थालेका कम्रेड हरुले चिनको सन १९५६ को महान छलाङ ( great leap forward )को असफलता पछी पुन सन १९६५ मा सुरु भएको महान सांस्क्रीतिक् क्रान्ति लाई सम्झनु पर्दछ् । जस्ले सिङ्गो चाइना हल्लाइ दिएको थियो । यो क्रान्ति बर्ग संघर्स लाई कहिल्यै नभुल भन्ने अाब्हान को रुप मा आएको थियो । यो कार्य पार्टी भित्र घुसेका पुजी बादी बाटोमा लागेका अधिकारि बर्ग बिरुद्ध को समाजवादी आन्दोलन को रुप मा रहेको थियो क्रान्तिको सारभुत उदेस्य स्थापित नोकरशाही,प्राबिधिक ठालु हरुको पकड लाई ध्वास्त पार्नु थियो । जनताको भूमिका लाई बिस्तार गर्नु थियो ।
नेपाल मा पनि यो महान सान्स्कृतिक क्रान्ति गर्ने स्थिती आउला कि ?