-आर.के.खम्बू
राष्ट्रिय महाधिवेशन संयोजक

संबिधान जारी भै सके पछी धेरै लाई लागेको छ अब देस मा उठेको पहिचान को राजनीति समाप्त भयो । अझ तिनै तह को चुनाव को समाप्ती र संघियता र पहिचान लाई ठाडै अस्वीकार गर्ने दल ले करिब् बहुमत ल्याए पछी त चुनाव को बिजय सभा मै ताप्लेजुङ् बाट लिम्बुवान लगाएत पहिचान को मुद्दा अब समाप्त भएको घोषणा गरियो ।
हिजो पहिचान को मुद्दा बाट राजनीतिक उचाइ मा पुगेको माओवादी केन्द्र समेत् आफ्नो सम्पूर्ण आधारभुत मुल्य र मान्यतालाई तिलान्जली दिएर एमाले मा बिलय भै सन्सद को रोस्ट्म बाटै नेपाल लाई बहु राष्ट्र नमान्ने के पि ओली लाई प्रधान मन्त्री र २१औ सताब्दी को नयाँ जनबाद को साटो घोर दलाल पुजी बादी ब्याबस्था बहुदलिय जनबाद लाई स्वीकर गर्दै क्रान्तिकारी बाट प्रतिकृया बादिमा रुपन्तरन भए पछी निस्चित रुपमा अब यो पहिचान को मुद्दा वा राष्ट्रिय मुक्ती आन्दोलन टुहुरु बनेको भांन हुनु स्वाभाविक देखिन्छ ।
तर यथार्थ भिन्न छ । जसरी क्रान्ति को आफ्नो बिकास को नियम हुन्छ । हरेक परिस्थितीले परिवर्तन को भूमिका खेले को हुन्छ । हरेक क्रान्ति चराण बद्ध प्रकृयागत ढङ्गले बिकसित् भै रहेको हुन्छ । हाम्रो देस नेपाल को सन्दर्भ पनि यही भै रहेको हामी पाउदछौ । हिजो ससना जातिय राज्य हरु थिए । यो निषेध भएर बिशाल सामन्ती राज्य को स्थापना भयो । सामन्ती राज्य को निषेध पछी जहानिया शासन को अभ्युदय भयो । सामन्त र जहनिया शासक को द्वन्द हुँदै गर्दा पुन राम प्रसाद् राइ लगाएत ले आफ्नो खोसिएको पहिचान अधिकार पुन प्राप्तीको लागि सशस्त्र युद्ध सुरु गरे । यो पहिचान र अधिकार को लडाईं करिब् बिजय को अन्तिम क्षोर् मा पुगेको बेला अथवा सिङ्घदरबार कब्जा हुन लागेको बखत तत्कालिन चलाख चाटुकार हरुले भारतिय सहयोग मा यो युद्ध को उदेस्य नै अन्तै मोडी दिए । जहानिया सासक को लखेटाइमा परेका सामन्त र कथित प्रजातन्त्र बादी छदम् भेसी हरुले आफ्नु अनुकुल गरिखाए । बिजय भै सकेको पहिचान र अधिकार को लडाईं धेरै पछाडि धकेलियो । सामन्त ले पुन प्रजातन्त्र बादी भनाउदो हरुलाई निषेध गरे कतिपय लाई जेल कोचे । त्यस पस्चात २०१५ पछाडि यो देस को राजनीति सिङ्गो निरङकुस सामन्ती राज्य राज तन्त्र र प्रजातन्त्र को बिच को द्वन्द मा फस्न पुग्यो । त्यस बखत पनि यो पहिचान र अधिकार को मुद्दा समाप्त भएको अघोसित घोषणा गरिएकै हो । राम प्रसाद् राइ हरुलाई बेपत्त बनाइए कै हो । तर यो देस को प्रधान अन्तर बिरोध जातीय बिभेद नै हो । कसैले मानोस नमानोस यो ध्रुब सत्य हो । जातिय राज्य हरु को एकिकरण पछी भावनात्मक एकिकरन को चरण पुरा नगरि सामन्ती प्रब्रिती लादेको हुनाले ,निषेध को राजनीति गरेको हुनाले र असमाबेसि चरित्रको एकल जातिबादी राज्य निर्माण गरिएकोले भावनात्मक एकिकरन हुन नसकेको हो । सबै लाई नेपाली बन्न बाट रोकिएको हो । हामीले नेपाली क्रान्ति हरु हेर्यौ । सात साल जहानिया शासन को अन्त । १५ साल पुन सामन्ती राज्तन्त्त्र सुरु । २०४६ ले दलिय खुलापन दियो जस्ले अर्को क्रान्ति जन्मायो , तत्काली नेकपा माओवादी उस्को पनि करिब् ५५-५६ सम्म खासै प्रगती थिएन । जब उस्ले जातिय मुद्दा लाई प्रधान अन्तर बिरोध मानेर राष्ट्रिय मुक्ती लाई आफ्नो कार्यक्रम बनायो । यो नीत बनाउन साथ किरात (खम्बु,लिम्बु ) तमाङ,नेवा,थारु ,खस ,मधेसी हरु आफ्नो पहिचान सहित्को स्वयत्त राज्यको लागि आत्मै देखी समर्पित भएर लडे जस्को बावजुत, यो देस मा ऐतिहासिक राजनीति परिवर्तन भयो । संबिधान सभाको गठन ,पहिचान र सामर्थ्यको आधार मा स्वयत्त राज्यको स्थापना गर्दै राजतन्त्रत्मक एकात्मक ब्याबस्था अन्त गरी संघिय लोकतान्त्रिक गणतन्त्रमा जान सबै सिङ्गो देस लाई वाध्य हुन पर्‍यो । तर अहिले पहिचान को आधारमा स्वयत्त राज्य हरु बनेका छैनन । लिम्बुवान, खम्बुवान,तमाङसालिङ ,नेवा ,मगरात ,तमुवान ,खसान,थरुहट ,मधेस लगाएत राज्य हरु बनेका छैनन ,यो किन बनेन,कस्को कारण हामीलाई राम्ररी अबगत नै छ । यी स्वयत्त राज्य हरु नबने पनि देश संघियता मा गै सकेको छ । २००७ सालमा आदिबासी जनजाती बिद्रोह को बल मा राणा जहानिया शासन को अन्त भए झै अहिले पनि अदिबासी जनाजाती मधेसी को रगत ले राज तन्त्र र एकात्मक शासन ब्याबस्थाको अन्त भएको छ । हिजो २००७ साल मा झै अहिले पनि चाटुकार हरुले क्रान्ति लाई बङ्ग्याएर आफ्नै झोली भरेका छन । तर चिन्ता होइन चिन्तन गरौ । क्रान्तिको नियम हो यस् लाई अबरोध गरे पहाड पनि भात्काउदै अगाडि बढ्छ यो । हेर्नोस २००७ साल मा राणा फालेर राजा आफु राणा झै सामन्त हुन खोज्दा आज राजतन्त्र समुल नस्ट भएको छ । राजा फालियो तर फेरी राजाले झै कथित गणतन्त्रको नाम मा फेरी सजातिय टाउको हरु मिलेर अन्ध राष्ट्र बाद् लागु गर्ने चेस्टा गर्दै छन यही बाट उनिहरु को अन्त को सुरुवात भै सक्यो । र सुनौलो बिभेद बिहिन पूर्ण समानुपातिक समाबेसि ,सबै जाती को सह सम्मान हुने पहिचान सहित् को ऐतिहासिक पृष्‍ठभुमिको आधारमा बन्ने राष्ट्र-राज्य निर्माण को प्रकृया सुरु भै सक्यो । अब शासक बनेका हरु प्रती दिन गल्ती गर्दै जान्छन । उनिहरुको वास्तविक् पहिचान खुल्दै जान्छ । अन्तत एक दिन नाङ्गो बाद्शाहा बन्ने छन ,त्यो दिन उनिहरुको अन्त को दिन र पहिचान को बिजय को दिन हुने छ ।