नेपाल मा हिजो २००७ साल मा भोजपुर कब्जा बाट सुरु भएको राष्ट्रिय मुक्ती आन्दोलन देखी यो प्रस्ट देखिदै आएको छ । देवान सिंह ,नारदमुनी लागायत र रामप्रसाद ,थामप्रसाद लगाएत बिच मा खड्यन्त्र नघुसाइेको भए- न भागेका राजा आउथे न हारेका राणा प्रधान मन्त्री बन्थे । तेती खेरै सिङ्घदरबार कब्जा भै सके कै हो । तेत्ती खेरै राष्ट्र राज्य हरु निर्माण भै सक्थे । राष्ट्रिय मुक्ती आन्दोलनकारी हरु लाई सखाप पार्नु छ भने उनिहरु कै किल्ला मा घुसेर उस्कै रुप धारण गरेर ,उनिहरु बिच मै अन्तर्बिरोध श्रीजना गराएर ,उनिहरु बिच मै हाना हान गराएर,उनिहरुलाई ,उनिहरु कै शक्तिले समाप्त गर्नु पर्छ – भन्ने दक्षिण एसियाली खड्यान्त्र प्रचलन मा रहे को देखिन्छ ।
यो झड्काले २०४६ साल सम्म राष्ट्रिय मुक्ती आन्दोलन सुसुप्त बन्यो । ४६ पछाडी पुन : भुस को आगो झै बनेको राष्ट्रिय मुक्ती आन्दोलन सेतामगुराली ,हुँदै राष्ट्रिय जनमुक्ती मोर्चा ,पाटी को रुप मा मुखरित भयो । यस् लाई पनि खड्यन्त्रको सिकार बनाइयो यो सँसंगैगै २०४९ मा खम्बुवान राष्ट्रिय मोर्चा, लिम्बुवान ,तमाङसालिङ ,नेवा, मगरात, तमुवान, खसान , थरुहट ,मधेस गठन पछी यो देस मा राष्ट्रिय मुक्ती को दसक नै बन्यो । २०५२ देखी सुरु भएको नेकपा माओवादी ले यो राष्ट्रिय मुक्ती आन्दोलन लाई आफ्नो कार्यक्रम बनाए पछी त सम्पूर्ण जातिय मोर्चा हरु माओवादीमा एकिक्रित भए सङ्गै राष्ट्र राज्य हरु बन्ने करिब् करिब् निस्चित देखियो । र घोर एकात्मक अन्ध जातिबादी पार्टि हरुसमेत संबिधान सभा र पहिचान सहित् को संघियता स्वीकर गर्न वाध्य भए । यथार्थमा यो नाटक मात्रै थियो । वास्तवमा यो अर्को ठुलो खड्यन्त्र थियो । तात्कलिन सात दल सँग ( जो ६२ पछी सन्दस पुनर्गठन भए पछी सत्तामा थिए ) आन्दोलन मा भएका बिभिन्न बुदे सहमतिमा पहिचान सहित् को राष्ट्र राज्य ( स्वायत्त राज्य )संबिधान सभा बाट बन्ने ,संबिधान सभा चुनाव द्वारा गठन गर्ने भनिएको मा २०६४ को संबिधान सभामा दुई तिहाइ पहिचान को पक्षमा मत हुँदा हुँदै पनि संबिधान जारी नगरि बिघटन गरियो । र पहिचान लाई देस बिदेस सम्पूर्ण क्षेत्र बाट प्रहार गरेर , मनि, माइन्ड ,मसल्स को भर्पुर प्र्योग गरी आदिबासी जनजाती हरु को अगुवा लाई नै प्रभावमा पारी २०७० मा दोस्रो संबिधान सभाको चुनाव गराइ पहिचान पक्षधर लाई एक तिहाइ भन्दा तल झारियो । र एकात्मक पक्षधर यथास्थितिबदी हरुको चाहना अनुरुप आफ्नो दुई तिहाइ पुर्याइ पहिचान को आधार मा बन्ने साङ्घियता को बलात हत्या 
गरियो ।

राष्ट्रिय मुक्ती आन्दोलनकारी हरु लाई सखाप पार्नु छ भने उनिहरु कै किल्ला मा घुसेर उस्कै रुप धारण गरेर ,उनिहरु बिच मै अन्तर्बिरोध श्रीजना गराएर ,उनिहरु बिच मै हाना हान गराएर,उनिहरुलाई ,उनिहरु कै शक्तिले समाप्त गर्नु पर्छ

बढी बिरोध नहोस् भन्न लाई वा दुइतिहाइ पुर्याइ हालिन्छ अनी प्रदेसको नाम र राजधानी आफु अनुकुल तोकी हालिन्छ भन्ने मनसाय ले हो , यो संबिधान जारी भएर प्रदेस सभाको चुनाव पछी प्रदेस ले नै नामाङ्कन र प्रदेस राजधानी तोक्ने भनी ब्यबस्था गरिएको छ । कुरो प्रस्ट छ नेपाली काङ्ग्रेस र् बाम गथबन्धन को २ नम्बर बाहेक अन्य प्रदेस मा दुई तिहाइ छ । प्रचन्ड एमालेमा गै सकेको अवस्था ओली र देउबा प्रदेस हरुको नाम के चाहन्छन त्यो पनि प्रस्ट छ ।