(१) खम्बुवान राष्ट्रिय मोर्चाको ऐतिहासिक पृष्ठभुमि
खम्बवान राष्ट्रिय मोर्चा २०४९ साल भदौ ५ गते स्थापना भएको हो । २३८ वर्ष देखि एकात्मक केन्द्रीकृत असमावेशी सामन्ती राज्य सत्ताबाट उत्पीडित खम्बु तथा खम्बुवान वासीहरुलाई मुक्त गर्ने यसको महान उद्देश्य रहेको छ । मुक्तिको माध्यम संघीय नेपाल अन्तर्गतको आत्मनिर्णयको अधिकार सहितको खम्बुवान स्वायत्तता हो भन्ने ठहर गरी खम्बुवान राष्ट्र–राज्यको माग राखी यो आन्दोलित छ । मोर्चाले आफ्नो मागलाई तत्कालीन सरकारसंग शान्तिपुर्ण ढंगबाट बारम्बार राख्दा पनि त्यस वखतको केन्द्रीकृत असमाबेसी एकात्मकवादी सत्ताले (सरकारले) खम्बुवानको माग सुनुवाई नगरेपछि, शसक्तिकरण गर्ने सिलसिलामा २०५४ साल साउन ७ गतेबाट तीन वटा संस्कृत विद्यालयहरु (गोगने, दिङला र कटुन्जे) मा वम विष्फोट गरी शसस्त्र भुमिगत भएको घोषणा गरी भुमिगत भयो । भुमिगत समयमा खम्बुवानले वैचारिक संगठानिक र राजनैतिक उचाई कायम गर्दै खम्बुवानी नागरिकहरुको आंशाको केन्द्र बन्न सफल भायो । भुमिगत कालमा खंरामोले खम्बू तथा खम्बुवान विरोधीहरु विरुद्ध सेबोटेज, हिट एण्ड रन, जस्ता कारवाही
गर्‍यो । २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीले सशस्त्र भुमिगत जनयुद्ध रोल्पाबाट सरु गरेको थियो । यसको सामान्य प्रभाव ०५५ साल तीर खम्बुवान क्षेत्रमा पनि पर्न थालिसकेको थियो । यसै क्रममा ०५२ साल देखि नै सुरेस आले मगरको पहलमा माओवादी र खारामो वीच एक अर्कालाई समर्थन गर्ने सहमती भएको थियो । अन्तत: २०५८ साल असोज २७, २८, २९ गते आखिभुई भेलाले तत्कालिन अध्यक्ष गोपाल खम्बु खम्बुवान विघटन गरी कि. रा. मो. बनाएर माओवादीमा विलय हुन पुगे । पुन: ०६३ मा माओवादी शान्ति वार्ताद्धारा युद्ध विराम गरी सामान्य राजनीतिकमा फर्केपछि जातीय सवाल रुपमा मात्र वाकी राखेको सारमा छाडेको ठहर गर्दै आŠनो मुक्तिको लागि आफै नलडी मुक्ति नहुने निष्कर्ष सहित पुन: खरामोलाई ०६३ माघ २० गते पुनर्गठन गरिएको हो । पुन: गठन पश्चात संयुक्त मोर्चा निर्माण गर्दै शान्तिपुर्ण आन्दनेलनको नीति अवलम्बन गर्दै आएको छ । राष्ट्रिय मुक्ति आन्दोलनको कार्यदिशा तय गरी लिम्बुवान, थरुहट, तामाङसालिङसंग संयुक्त मोर्चा निर्माण गरी संघीय गणतान्त्रिक मोर्चा मार्फत सरकारलाई झुक्न बाध्य पारी ०६४ फागुन १८ गते ५ बुदे सहमती गरी तत्कालीन सरकारलाई खम्बुवान स्वीकार्न बाध्य बनाएको थियो ।संघीय लोकतान्त्रित गणतन्त्र खम्बुवान राष्ट्र–राज्य निर्माणको प्रस्थान विन्दु भएको ठहर गरे अनुरुप हाल संघीयताको कार्यान्वयन भइरहेको छ । केही दल तथा व्यक्तिहरुको प्रभावमा खम्बुवान भनिएको भुमिलाई किरात मधेश र तामाङसालिङमा विभाजित गरिएको छ । तथापि संधीय व्यवस्था मार्फत एकीकृत रुपम पुन: खम्बुवान भुमिको स्थापनाको लागि मोर्चा निरन्तर सडक, संसद र सरकारमा बहुमत प्राप्त गरी संवैधानिकरुपले खम्बुवान प्राप्त गर्ने रणनैतिक लक्ष्यका साथ अगाडि बढिरहेको छ ।
(२) खम्बुवान राष्ट्रिय मोर्चाको मार्ग निर्देशन सिद्धान्त
२०४९ साल भदौ ५ गते खम्बुवान राष्ट्रिय मोर्चा स्थापना हुदा यसको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लोनिनवाद, माओवाद र मुन्धुम विचारधारा रहेको थियो । वर्गाीय मुक्तिको कार्यदिशा मार्फत जातीय उत्पीडनको अन्त्य गदै मुन्धुममा व्यवस्थित जीवन दर्शनलाई अंगालेर खम्बुवानको खम्बु समाजलाई व्यवस्थित मर्यादित र उन्नतिको शिखरमा पुर्‍याउने लक्ष्य लिईएको थियो । समयान्तरमा मोर्चाले अंगिकार गरेको निर्देशक विचार वा मार्ग निर्देशक सिद्धान्तलाई परिमार्जन गर्नु पर्ने आवश्यक समयले माग गर्‍यो । विशेषत विश्वमा कम्युनिष्टहरु जसरी दक्षिण पन्थी धारतिर या सुधारवादी धार तिर पतन हुदै गइरहेको अवस्थामा नेपालमा पनि कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट कार्यदिशाबाट विचलित हने प्रचलन झैं विकास भएर आएको छ । पछिल्लो समयमा एनेकपा माओवादी पनि अन्तत सुधारवादी कित्तामा पतन भएको छ । चुनवाङ बैठकको निमार्ण यसको पर्याय हो । यसरी वर्गाीय मुक्ति र सर्वहाराको अधिनायकत्वमा राज्य सत्ता स्थापना गर्ने जनवादी क्रान्ति धरापमा परे पश्चात, खरामोले ०६३ माघ २० गते पुर्नस्थापना सगै आºनो मार्ग निर्देशक विचार वा सिद्धान्त संघीय खम्बुवानमा लोकतान्त्रिक समाजवादमा आधारित राष्ट्रिय मुक्ति आन्दोलनलाई आºनो मार्गनिर्देशक विचारधारा अंगीकार गर्दै आएको छ ।
(क) राष्ट्रिय मुक्तिको परिभाषा
मानव विकास चरणलाई मानव नृवंश शास्त्रले गण, कविला, जनजाति र जाति (राष्ट्र) को चरणमा विभाजन गरेको छ । पछिल्लो विकसित चरण जाति राष्ट्र ल्बतष्यल हो । यस चरणमा मानिसहरु स्थीर व्यापक समुदायमा विकसित भइसकेको हुन्छन् । उनीहरुको ऐतिहासिक साझा आर्थिक जीवन साझा राजनैतिक मनोविज्ञान हुन्छ । यो स्थीर राज्य सत्ता नै हो । उनीहरु यसकारण सिंगो राष्ट्र ९ल्बतष्यल० हुन् । यी राष्ट्रलाई कुनै अन्य जाति, देशले हडप गरी उनीहरु माथि उपनिवेश लादने वा पराधिन बनाई उनीहरु माथि शासन गरिएको अवस्थामा, त्यसबाट मुक्त हुन गरिने शान्तिपुर्ण संघर्ष वा विभिन्न प्रकारका आन्दोलन नै राष्ट्रिय मुक्ति आन्दोलन हो । यस मानेमा नेपाल भित्र पनि १८३१ सम्म स्वतन्त्र सार्वभौम १६ स्वायत्त रुपमा रहेको खम्बुवान गणराज्य पृथ्वी नारायएणले हडप गरी खम्बु राष्ट्र ९ल्बतष्यल० माथि आजसम्म आन्तरिक उपनिवेश लादेर उत्पतीडन मच्चाई रहेकोले, यस खम्बुवान मुक्तिको आन्दोलनलाई राष्ट्रिय मुक्तिको रुपमा परिभाषा गरिएको हो ।
३. राष्ट्रिय मुक्तिको तत्कालिन कार्यदिशा बारे
राष्ट्रिय मुक्तिको लागि सर्वप्रथम उत्पतीडनको पहिचान हुन जरुरी हुन्छ । कुन रुपमा कसरी के के मा उत्पतीडन भइरहेको छ त ? वास्तवमा स्वतन्त्र र स्वायत्त खम्बुवान नेपाल राज्यमा विलय गराई खम्बुहरुको राज्य सत्ता हडप गरेपछि राज्य सत्तासँगै भाषा, लीपी, संस्कृति, संस्कार, अर्थ, शिक्षा सम्पुर्ण रुपमा आज सम्म उत्पीडनमा छ । आसिन हिन्दुस्तानको निर्माणले एकीकृत नेपालसँगै केन्द्रीकृत, एकात्मक र असमावेशी चरित्रको देश निर्माण गर्‍यो । यसले फरक भाषा, लिप संस्कार, संस्कृति बोकेको अन्य राष्ट्र(जाति)हरु माथि आन्तरिक उपनिवेश लागु गर्‍यो र आज सम्म गरि रहेको छ । अब यी उत्पीडनको स्पष्ट पहिचान र ठहर पश्चात् मुक्तिको तत्कालीन कार्य दिशा स्पष्ट हुन पर्दछ । देश लोकतान्त्रिक गणतन्त्र मार्फत पुर्नसंरचना भैसकेको छ । यसमा केन्द्रीकृत शासन व्यवस्थालाई, बहुजातिय (राष्ट्र) हरुलाई जातीय जनसंख्याको आधारमा देशको नीति निर्माण देखि निजामती कर्मचारी वा देशको सम्पुर्ण निकायमा समावेशी हुने राज्य व्यवस्थाको निर्माण गरिनु नै तत्कालीन राष्ट्रिय मुक्तिको कार्यदिशा हुनु पर्दछ । कतिपय तत्काल नै सम्पुर्ण राष्ट्र (जाति) हरुलाई समावेश गरि हाल्न नसकिने स्थानमा दिर्घकालीन कार्य दिशा बनाई बाटो खुल्ला राख्न पर्दछ ।

(४) खम्बुवान राष्ट्रिय मोर्चाको रणनीतिबारे
कुनै पनि पार्टी, संगठनको रणनीति र कार्यनीति स्पष्ट हुनै पर्दछ अन्यथा गन्तव्यको स्पष्टता गर्न सकिदैन। रणनीतिको निश्चित गन्तव्यको पहिचान गर्ने आधार कार्य दिशानै हो । यो अपरिवर्तनीय हुन्छ भने कार्यनीति रणनीतिलाई रणनीतिक लक्ष्यमा पुर्‍याउने बाटो तय गर्ने पाटो हो । यो समय सापेक्ष र परिवर्तनशील हुन्छ । यसै गरी खम्बुवान राष्ट्रिय मोर्चाले स्थापना कालदेखी नै आºनो रणनीति आत्मा निणर्यको अधिकार सहितको स्वायत्त खम्बुवान राष्ट्र–राज्य निर्माणलाई मानेको छ ।

(५) खम्बुवान राष्ट्रिय मोर्चाको रणनीतिबारे
रणनीतिक लक्ष्यमा पुग्नका लागि तत्कालीन देश, समाज र राजनैतिक वस्तु स्थिति अनुसार कार्य नीति अवलम्बन गनु पर्दछ । देश, काल र राजनैतिक परिस्थिति अनुरुप उचित कार्यनीति तय गर्न सक्ने राजनैतिक संगठन र संगठक नै कुशल राजनीतिज्ञ ठहरिन्छन् र राजनैतिक लक्ष्यमा सफलता पनि समय सापेक्ष उत्पीडनको पहिचान, पहिचान पश्चात यस बारेमा खम्बुवान वासीहरुलाई संगठित गर्नु नै तत्कालीन कार्यनीति हुनु पर्दछ ।
(
६) कार्यदिशाबारे
राजनीतिक संगठनहरुले लक्ष्य हासिल गर्न सही कार्य दिशा आवश्यक हुन्छ । जसरी जनवादी सत्ताको कार्यदिशा वर्गीय हो भने खम्बुवान राष्ट्रिय मोर्चा उठाएको जातीय विभेद विरुद्धको आन्दोलनको कार्यदिशा राष्ट्रिय मुक्ति हुनै पर्दछ । जसरी एक वर्गले अर्को वर्गको शोषण गर्‍यो त्यहि अवस्थामा एक नश्लले अर्काे नश्ललाई शोषण गर्न थाल्यो । जसरी सम्पत्तिले वर्ग जन्मायो त्यसैगरी निश्चित नश्लको विकास र सामाजिक रुपमा परिस्कृत अवस्थाले जातीय (नश्लीय) विभेद जन्मायो । बिकसित जातिहरुको उत्पीडनबाट उत्पीडित जातिहरुको मुक्तिको कार्यदिशा हुनु पर्दछ ।

(७) जाति र जातबारे
जाति र जातलाई निरिपेक्ष ढंगले बुझी दिनाले जातीय मुक्ति आन्दोलन भ्रममा पर्न गएको छ । वास्तवमा जात भनेको ऋबकत हो । र जाति भनेको राष्ट्र ९ल्बतष्यल० हो । जो मानव सम्बन्धमा रक्त सम्बन्धले ऋबकत जातको प्रतिनिधित्व गर्दछ तर राष्ट्र ९ल्बतष्यल० जाति भनेको मानव विकास चरणको रुप हो । नृवंश शास्त्रले मानव विकास चरणलाई ऋबिल गण त्चष्दभ कविला ल्बतष्यलबष्तिष्भक जनजाति र ल्बतष्यल राष्ट्र जातियमा विभाजन गरेको छ । ल्बतष्यल राष्ट्र जाति हुनलाई स्थीर समुदायले निम्न प्रावधान पुरा गरेको हुनुपर्ने ठहर गरिएको छ ।
१. ऐतिहासिक साझा भुगोल
२. साझा भाषा, लिप, संस्कार, संस्कृत
३. साझा राजनीतिक मनोविज्ञान
४. साझा आर्थिक जीवन

८. जातीय स्वायत्तता भित्र जात ९ऋबकत० हरुको समन्वयबारे
जसरी जाति राष्ट्र ९ल्बतष्यल० ले स्वायत्तता प्राप्त गर्ने उल्लेख गरी रहँदा मिश्रित बसोबास भएको हाम्रो समाजमा अन्य जात ऋबकत हरुले ती जातिय स्वायत्तता भित्र के कसरी राजनीतिक भाषिक र संस्कृतिक अधिकार प्राप्त गर्दछन् त ? यो यक्ष प्रश्न हो । यस बारेमा खरामोले स्पष्ट आºनो धारणा ल्याएको छ । जात बहुत क्षेत्रमा स्वायत्तता र अन्यको हकमा सम्पुर्ण खम्बुवानलाई एक निर्वाचन क्षेत्र मानेर जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व द्धारा उपस्थिति र अन्य सम्पुर्ण स्थानहरुमा पनि यसै गरी उपस्थिती गराईने भनिएको छ ।

९. खरामोको विदेश नीतिबारे
आज विश्वका कम्युनिष्टहरु रुपान्तरित भइरहेको अवस्था छ भने लोकतान्त्रिक समाजवादी आन्दोलन र प्रजातान्त्रिक आन्दोलन पनि हरेक देशमा आºनो विशिष्टताको आधारमा चलिरहेका छन् । यिनीहरु दुवैमा एक रुपमा छैन । तीनिहरु बीचमा हिजो जस्तो एक अर्कालाई सहयोग गर्ने कुनै समुह छैन । कमसेकम वर्गीय मुक्तिसंग कहि कतै जोडिएर आउने जातीय सवाल पनि यसको प्रभावबाट अछुतो छैन । हाल स्वतन्त्र ढंगबाट राष्ट्रिय मुक्ति आन्दोलनमा समर्पितहरु प्रति समर्थन गर्दै त्यस आन्दोलनबाट नीतिगत र कार्यगत शिक्षा लिदै खरामोको आन्दोलनलाई अगाडि बढाउन पर्दछ र विश्व भरिका आदिवासी जनजातीसाग सम्बन्ध र समन्वयको लागि प्रयत्न गर्नुपर्दछ र आन्दोलनमा एक्यवद्धता गर्दै लानु पर्दछ ।

१०. खरामोको अन्य पार्टी प्रतिको दृष्टिकोण
०६२/०६३ अगाडि जातिय सवाललाई हाउगुजी देख्ने पार्टीहरु आज जातीय सवाललाई कुनै न कुनै रुपमा आºनो भोटको लागि भए पनि उठाउन बाध्य छन् । यो अवस्था सुखद् हो भन्नै पर्दछ । तापनि ती पार्टीहरुका दुष्टिकोण खरामोल यसरी राख्नु पर्दछ । (क) नेपाली कांग्रेस पार्टी–०६२ साल सम्म राजतन्त्रको वकालत गरेर संविधान सभा विरोधी पार्टी भएता पनि त्यहाँ भित्रका प्रगतिशील पक्षधरहरुको दवाव र विशिष्ट समयको बलले यस पार्टीलाई संघीय सवाल पक्षधर बन्न बाध्य बनाएको घाम जतिकै छर्लङ्ग छ । हाल सम्म पनि जातिय संघीयताको विरोधी कित्ता कै पार्टी भए पनि देशमा विद्यमान जातीय अन्तर विरोधलाई स्वीकार गर्दै यसको आन्तरीक उन्मुलन गर्न पर्दछ भन्ने उसको राय देखिन्छ । तापनि जातिय राज्यको राज्यको विरोधमा यो उभिएको छ । समग्रम ने. का. हाम्रो सवालको आंशिक समर्थक हो यस पार्टीलाई वैचारिक रुपले अझ प्रष्टयाउादै मित्र कित्तामा ल्याउन सकिने हुनाले व्यापक वहस छलफल अन्र्तक्रिया गर्न पर्दछ ।
(ख) ने.क.पा. एमाले– यो पार्टी रुपमा कम्युनिष्ट जस्तो देखिए पनि सारमा प्रजातान्त्रिक समाजवाद कै पक्षपोषक पार्टी हो । यस पार्टी भिन्न कम्युनिष्ट विचारहरुको केमेस्ट्रीबाट बनेको हुँदा कहिले बढी देब्रे, बढी दाहिने झक्ने गर्दछ । यसकारण प्रजातन्त्रवादी भन्ने पार्टीहरुको पपेट (खेलौना) बारम्बार बन्ने । यसले व्याख्या गर्ने गरेको वर्ग पार्टी समन्वय भित्र कही मुक्तिको सवाल उठाएको पाईदैन । तापनि पछिल्लो समयमा जातीय विभेदलाई सुधारवादी प्रक्रियाले उन्मुक्ति गर्नु पर्दछ सम्म भन्ने आँट गरेको छ तर जातीय राज्यको यसले विरोध गर्दछ । यस पार्टीलाई विचारले सम्बन्धमा राख्नु पर्दछ ।
(ग) ए. माओवादी– विश्व सर्वहरा दृष्टिकोण बोकेको यो पार्टी जातीय सवालको पक्ष पोषक हो । सार रुपमा जे जस्तो भए पनि यस पार्टीले नेपालको जातीय सवाललाई व्यवस्थित र स्थापित गर्ने अहम् भूमिका निर्वाह गरेको छ । तर लिम्बु मुक्ति मोर्चा, किराँती मोर्चा बनाएर राष्ट्र हैन, जनतालाई मान्यता दिएको देखिन्छ । यसलाई सच्याउनु पर्दछ ।
(घ) रा.प्र.पा. नेपाल– विरोधी कित्ताको पार्टी हो ।
(ङ) फोरम– यो पार्टी मधेश बेसिक पार्टी भए पनि हाल ढुलमुले अवस्थामा रहेको छ ।
११. वर्तमान परिप्रेक्ष्यमा संघर्ष–
यी सम्पूर्ण दलहरुको प्रकृति र चरित्रको विश्लेषण गर्दै आगामी संघर्षको स्वरुप निर्धारण गर्नु पर्दछ । किनकी यिनै दलहरुको नै संघिय संसद र प्रदेश संसदमा वर्चश्व रहेको छ । र यिनीहरुका नीति तथा कार्यक्रमले आगामी संघर्षका कार्यदिशा तय गर्ने छ ।
१२. सांगठनिक प्रक्रिया र जनसम्पर्क
संगठन नै पार्टीको मेरुदण्ड हो । यस सत्यलाई आत्मसात गर्दै खरामोले सि.सि.ओ. अभियान सञ्चालन गर्नु पर्दछ । सि.सि.ओ. भन्नाले सी कन्ट्याक्ट (सम्पर्क) सि. (काउन्सिल) सल्लाह, छलफल, ओ. (अर्गनाइजेशन) संगठन हो । यसलाई टोल टोलदेखि गाउँ, गाउँ, जिल्ला, जिल्ला र समग्र खम्बुवानभरी सञ्चालन गर्नु पर्दछ । यसरी टोलले गाउँ, गाउँले गा.वि.स., नगर र नगर र गा.वि.स. ले जिल्ला जिल्ला गठन गर्नु पर्दछ । यसमा केन्द्र देखि वडा सम्मका सदस्यहरुको सक्रिय सहभागी हुनुपर्दछ ।
१३. खम्बुवानमा धार्मिक नीति
खम्बुवान धर्म निरपेक्ष राज्य हुनेछ । सम्पूर्ण धर्महरुको सम्मान गरिने छ । एक धर्मीले अर्को धर्म प्रति सदभाव र सम्मानजनक व्यवहार गरिनेछ । राज्यद्वारा सम्पूर्ण धर्महरुको उण्त्थान सम्बद्र्धन र संरक्षणको लागि आर्थिक तथा समग्र व्यवस्थापन गर्नेछ ।
१४. पाछाहरुका समन्वय नीतिबारे
खम्बुवानमा ऋबकत जातहरुको विविधता भए जस्तै खम्बू पाछाहरुको पनि विविधता छ । प्रत्येक पाछाहरुको भाषा फरक फरक रहेको छ । यसलाई समन्वय गर्न विशेष होइन सम्मान जनक संरक्षणको आवश्यक रहेको छ । जसको लागि भाषिक तथा सांस्कृतिक एकेडेमीको व्यवस्था गरी प्रत्येक पाछाहरुको भाषालाई अध्ययन अनुसन्धान गरी विद्यालय खोल्ने पाठ्य पुस्तक तयार गर्ने र यसको सम्पूर्ण आर्थिक तथा अन्य व्यवस्था राज्य सरकारले गर्नेछ ।

१५. खम्बुवानमा क्रियाशील संघसंस्थावारे खरामोको दृष्टिकोण
खम्बुवानमा क्रियाशिल संघ संस्थाहरुको उद्देश्य कार्यक्रम बारे यसको उद्देश्य नीति कार्यक्रमहरुको अध्ययन गर्दै यिनीहरुको निगरानी राख्नु
पर्दछ । जसजसले खम्बुवानवासीको सामाजिक, आर्थिक, राजनीतिक अवस्थामा सकारात्मक असर पार्दछ । उनीहरुसाग सहकार्य गर्नु पर्दछ । जुन जुन संस्थाले खम्बू वा आदिवासीको नाममा डलरको खेती गर्दछ, यिनीहरुलाई हदैसम्म निषेध गर्नु पर्दछ ।

१६. वर्तमान राजनैतिक परिवेशको ठोस मूल्याङ्न
परिस्थिति जतिसुकै जसले जटिलता भनि परिभाषा गरे तापनि वर्तमान राजनैतिक परिवेश आदिवासी जनजाती अनुकूल नै छ । एकात्मक केन्द्रीकृत असमावेसी राज्यसत्ता तथा यसका सञ्चालकहरु यति कमजोर भएको र जातीय मुद्दा यति वजनदार भएको नेपालको इतिहासमा यो प्रथम पल्ट नै हो । यस अनुकूल परिस्थिति आदिवासी जनजातिहरुले उचित प्रयोग गर्न पर्दछ ।

१७. भौगोलिक प्रस्तावित सिमाना बारे
०४९ सालबाट खम्बुवानले ऐतिहासिक पृष्ठभमिको आधारमा आºनो भूमिको प्रस्ताव गर्दै आएको छ । पूर्वमा हालको मोरङ जिल्लाको धनप्पा (धनपाल) गरी सुनसरीको सानगढी (सागुरी) धनकुटाको जलहारा बेल्हारा, संखुवासभाको ५ खप्पन आदि हुादै पश्चिमको रामेछाप, दोलखा सिन्धुलीसम्मको १७ वटा हालको जिल्लालाई ऐतिहाँसिक पृष्ठ भुमिको आधारमा खम्बुवान भूमि प्रस्ताव गरिएको छ ।
१८. आलोचना र आत्मआलोचनाबारे
यस संसारका हरेक वस्तुहरको राम्रो र नराम्रो पाटो निहित हुने करा विज्ञान सम्मत हो । यसैगरी व्यक्तिमा पनि यो कुरा लागू हुने हुनाले, संगठन पनि यसबाट अछुतो रहँदैन । यसकारण संगठनलाई शुद्ध तथा चुस्त राख्न सामान्य विवाद तथा विखारावबाट बचाउन आलोचना तथा आत्माआलोचनाको पद्धति कडाईका साथ लागु गर्नूपर्दछ । यी विधिमा पहिले आफूले आºनो आलोचना गर्नु पर्दछ । के–के, कति, कस्तो, कहिले, कसरी मैले गल्ती किन गरे र अब यस्तो गल्ती नगर्ने र आफूमा रहेको दाष अवगुण हटाउने प्रण गर्दै, अरुको आलाचना गर्दै सुझाव दिनु पर्दछ तर यो विधि स्वस्थ तथा सकरात्मक हुनु पर्दछ ।
१९. विवादलाई बहस र बहसलाई दुईलाइनको संघर्षद्धारा समाधान गर्नेबारे
जीवित संगठनमा विचारमत भिन्नता वैयत्तिक/व्यक्तिगत चरित्र प्रकृति हावी हुन खोज्ने सामान्य विषय हो तर यसलाई समय मै समायोजन, समाधान गर्न नसके यसले विकराल रुप लिदै पार्टी विभाजन समेत हुन सक्दछ । यस कारण यस समस्याको निराकरण, एकता, संघर्ष र रुपान्तरणको विधिद्धारा हल गर्नु पर्दछ । एकता भनेको उठेको विवाद/समस्यालाई टेवुलिङ गर्नु हो भने संघर्ष भनेको यस बारेमा बहस छलफल गर्नु हो र रुपान्तरण भनेको सहि र गलतको पहिचान गर्दै आलोचना र आत्माआलोचनाको माध्यमद्धारा निराकरण गर्नू हो । यसैलाई दुईलाईनको संघर्ष पनि भन्ने गरिन्छ ।
२०. खम्बुवान राष्ट्र–राज्य (स्वायत्त राज्य प्राप्तिको मार्ग खम्बुवान राष्ट्र–राज्यको प्राप्तिको राजनैतिक मार्ग संघीय लोकतान्त्रिक गणतन्त्र नै हो । जबसम्म लोकतन्त्र हुँदैन, तब सम्म संघीयता हुदँैन र लोकतन्त्र बिनाको संघीयता पञ्चायती नियती मात्र बन्दछ । अर्काे तर्फ राष्ट्र–राज्य बन्ने मार्ग भौगोलिक, ऐतिहासिक, जनसांख्यिक आधार पनि हुन् । यी सम्पूर्ण आधार खरामोले पूरा गरेको छ । यसैको आधारमा खम्बुवान दावी गरिएको हो ।

२१. आत्मानिर्णयको अधिकारबारे
आत्मानिर्णयको अधिकारलाई फरक फरक ढंगले व्यख्या र विश्लेषण गरिएको छ । लेलिन विल्डो विल्सनले यसलाई छुट्टिने सम्म पाउने अधिकारको रुपमा व्यख्या गरेको छन् । पछिल्लो समयमा संयुक्त राष्ट्रसंघको बडापत्रमा यस अधिकारलाई मोलिक हकसँग जोडेर व्याख्या गरिएको छ । खम्बुवान राष्टी्रय मोर्चाले पनि यस अधिकारलाई राजनीतिक, आर्थिक, सामाजिक तथा मौलिक अधिकारको रुपमा व्यख्या गरेको छ । भोलि खम्बुवानको राज्यसत्ता र यस सत्ताले सञ्चालन गर्ने राजनैतिक अधिकार, भाषिक, सांस्कृतक अधिकार, जल जमिन र जंगलसँग जोडिएका मौलिक अधिकारको सुनिश्चिततासँग यसले अन्योन्यश्रित सम्बन्ध राख्दछ ।
२२. जातीय र वर्गीय सवालबारे
विशेषत: पुजीवादीले भन्दा पनि माक्र्सवादी राजनीतिज्ञहरुले यो वर्गीय र जातीय सवालको व्याख्या र विश्लेषण गरिरहँदा जातीय समस्या, वर्गीय समस्याको एउटा सानो अंश भएको व्याख्या गरिन्छ । २१ आंै शताव्दीमा माक्र्सवादी विज्ञानमा भएको त्रुटी नै हामीले यसैलाई मानेका छौं । हाम्रो विश्लेषणमा जसरी एक वर्गले अर्को वर्गलाई शोषण गर्दछ । त्यसैगरी एक विकासित नश्लले अविकसित नश्ललाई नश्लको आधारमा उत्पीडन गर्न सुरुवात गरिएको हो, यस मानेमा जसरी वर्गीय समस्या एउटा सवाल हो भने नश्लको आधारमा गरिने शोषण एउटा जातीय सवाल हो । एकै समयमा उत्पन्न भएका यी समान सवालहरु छन् । यिनीहरुको समाधानको लागि आºनो विशेष नीति कार्यक्रम र विचार, निर्देशक, सिद्धान्तको आवश्यकता रहन्छ ।

२३. किरात र खम्बुबारे
वर्तमान अवस्थामा खम्बु र किरातबारे विरोधमा व्यख्या र विश्लेषण बजारमा छताछुल्ल भएका छन् । वास्तवमा किरात जे जसरी नामाङ्कन भएको भए तापनि किरात नामले वृहत मंगोल नश्ललाई बुझाउँदछ । वर्तमान अवस्थामा नेपाली भित्रमा तामाङ, गुरुङ, मगर, नेवार (ज्यापु), लिम्बुहरु नै किरातीहरु हुन । पछिल्लो समयमा खम्बु र लिम्बुले आफूलाई किराती स्वीकार गर्दछन् । जहाासम्म खम्बुको सवाल छ, खम्बु आफै वृहत नाम हो । आर्यहरुले किराती भनि दिनु भन्दा अगाडी खम्बु वृहतमा थियो । कालान्तरमा जात विभक्त हुदै जाादा खम्बु भित्र तावाङ (तामाङ), तमू (गुरुङ), खम्बु, लिम्बु, ज्यापू आदिमा विभक्त हुन पुगेका हुन । त्यही हाागो भित्र खम्बु रहेको तथ्य भेटिएको छ । यसरी किरात समुदाय मात्र हो भने खम्बु भनेको राष्ट्र ९ल्बतष्यल० हो ।
२४. भाषा नीतिबारे
खम्बुवानमा वाह्य र आन्तरिक गरि दुई प्रकारको भाषा नीति हुनु पर्दछ । किनकी सम्पर्क भाषा खस नेपाली र अंग्रेजी हुन सक्दछन् भने खम्बुवानसीहरुको आ–आºनो मातृभाषा पनि रहेको छ । अझ खम्बु भित्र २८–३० भाषा अझ सम्म प्रयोगमा रहेको छ । यी सम्पूर्ण भाषाहरुलाई खम्बुवान राज्यले संवद्र्धन संरक्षण गरिनु पर्दछ ।

२५. साझा सवाल भएकाहरुसाग संयुक्त मोर्चाबारे
राष्ट्रिय मुक्ति आन्दोलनका पक्षधर र जातीय उत्पीडनमा परेका सम्पूर्ण पार्टीसँग संगठन तथा जातीहरु बीचमा संयुक्त मोर्चा गरिनु आजको राजनैतिक परिस्थितिको बेजोड माग हो । आज एकात्मक र जडसुत्रवादीहरु ध्रुविकृत भइरहेका छन् । यिनीहरु विरुद्ध पनि संयुक्त मार्चा मार्फत एक ढिक्को हुनै पर्दछ । यसको लागि साझा सहमतीको विन्दु खोजेर कार्यदिशा तय गरेर साझा एजेण्डा सवाल बोक्नेहरु संगठित हुनु पर्दछ ।
२६. शान्तिपुर्ण भद्र अवज्ञा आन्दोलनबारे
खरामोले विगतमा शसस्त्र भूमिगत देखि यावत संघर्षको गौरवगय गाथा कोरेको छ । अहिलेको राज्य पुर्नसंरचनामा ऐतिहाँसिक पृष्ठ भुमिको आधारलाई आधार नबनाईएकोले खम्वुवान राष्ट्र राज्य निर्माणार्थकोपरिस्थितिमा दवाव तथा आन्दोलनको पनि आवश्य हुन सक्दछ । यसबेला शान्तिपूर्ण सभा जुलुस कोण सभा गर्नु पर्दछ । अझ सरकारले नटेरेमा भद्र अवज्ञा गर्न सकिन्छ । यसमा जनतालाई सचेत पारी सरकारलाई सहयोग नगर्ने आन्दोलन पर्दछन् ।