प्रतिबद्धता –पत्र

स्थानीय निकायको निर्वाचन २०७४
खम्बुवान राष्ट्रिय मोर्चा नेपालको
प्रतिबद्धता –पत्र

आदरणीय जन समुदायहरु,
नेपालको राजनीतिक धरातलमा पहिलो चोटी यो स्थानीय सरकार गठन गर्नको लागि स्थानीय निकायको चुनाव हुन गईरहेको छ । यो स्थानीय निकायको चुनावले सदियौं देखि सिंह दरवारमा कैद भएको सम्पूर्ण अधिकार स्थानिय निकायमा ल्याउने छ । यस मानेमा यो स्थानिय निकायको निर्वाचन तँपाई हामि जस्ता मोफसल र दुर दराजका उत्पिडीत, दमित जनताहरुको लागि अति महत्वपूर्ण रहेको छ । तर यो स्थानिय निकायको निर्वाचनमा देशको राजनीति परिपाटी यथास्थितीवाद र पुरातन पन्थलाई ठिक ढंगले बिश्लेषण गरेर आफ्नो जन प्रतिनीधि नचुन्ने हो भने सिंह दरवार भित्र बर्षौं देखि झाँगिएको राजनीतिक बिसंगती बिकृतीहरु स्थानिय निकाएमा सर्लक्कै सर्ने निश्चित छ । सिंह दरवार भित्र राजनीतिक सत्ताको आडमा भ्रष्टाचार, नीतिगत भ्रष्टाचर, संवैधानिक निकायहरुलाई राजनीतीकरण गरि बिद्रुप प्रकारको भागबण्डा, नातावाद, कृपावाद र संस्थागत भ्रष्टाचार जस्ता बिकृति रोक्नलाई अब हामीले स्थानिय निकायमा नयाँ प्रकारको राजनीति संस्कार–विचारको प्रतिस्पर्धा होईन बिकासको प्रतिस्पर्धा गर्ने पार्टी रोज्नु पर्ने बेला आएको छ । त्यो वैकल्पीक राजनीतिक पार्टी खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल हो भन्ने हामीले ठहर गरेका छौं ।
आदरणीय जनसमुदायहरु, हामीले संसारमा प्रयोग भएका सम्पूर्ण राजनीतीक सत्ताको मोडल प्रयोग गरिसक्यौं । त्यो हो एकात्मक जहाँनिया राणा शासन, बंशिय परम्परागत निरंकुश राजतन्त्र, संवैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र र संघिय लोकतान्त्रीक गणतन्त्र त्यसै गरि संसारमा प्रयोग भएका सबै राजनीतिक विचार धाराको पनि प्रयोग गरि सक्यौं । त्यो परिवारवाद, राजसंस्था, मालेमावाद, प्रजातान्त्रिक समाजवाद र लोकतान्त्रिक समाजवाद आदि । त्यसै गरि हामीले समाजको विभिन्न अवश्थाको पनि अनुभव गर्दै आयौं । त्यो हो सामन्तवाद, परिवारवाद, हाल पुंजीवादमा प्रवेश गरेका छौं । यसरी समाजको ३ वटै पाटोको यो अवश्थामा हामी आईपुग्दा पनि हामी आर्थिक रुपमा अत्यन्तै पछि छौं । सामाजिक अन्तरविरोध जँहीको त्यही छ किन ? यसको उत्तर खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल पार्टीले स्पष्ट पार्दछ कि मालेमावादीहरु मालेमावादलाई नीती तथा आर्थिक कार्यक्रम नवनाई सैद्धान्तिक विचार मात्र बनाएर विचलन हुन पगे भने प्रजातान्त्रिक समाजवादीहरु पनि प्रजातान्त्रिक समाजवादलाई आर्थिक कार्यक्रम नबनाई बैचारिक गाईडलाईन मात्र बनाएर बिचलन हुन पुगे । यसै कारणले यस देशमा नत आर्थिक क्रान्ती गर्न सकियो नत सामाजिक अन्तर विरोधको हल नै गर्न सकियो । २५र्औ बर्ष सम्म यस देशको बागडोर सम्हालेका यिनै राजनीतकि विचार धारा बोक्ने पार्टीहरुले यो देशलाई कंगाल बनाईदिए । अब उप्रान्त अधिकार सम्पन्न स्थानीय सरकारको रुपमा गठन हुने पालीकाहरुमा उनिहरुलाई नै नेतुत्व दिने हो भने नव गठित स्थानिय निकाएको भविस्य भयाभह हुने छ भन्ने सिंगो देश बर्बाद पारेबाट प्रष्ट नै छ । यस कारण यस स्थानीय निकाएको निर्वाचनमा सम्पूर्ण जनसमुदायहरुलाई हामी बिनम्र अपिल गर्दछौं खम्वुवान राष्ट्रिय मोर्चालाई अत्याधिक बहुमतले विजय गराउनुस् ।
हाम्रो नीति तथा कार्यक्रमहरु

१. गठन हुने पालिकाहरु स्वायत्त र अधिकार सम्पन्न निकाएहरु हुन् । यिनीहरुलाई अझ मजबुद सम्पन्न, अहस्तक्षेपबाट स्वतन्त्र राख्ने प्रण गर्दछ ।
२. गठन हुने पालीकाहरु स्थानिय सरकार पनि हो । सरकारको हैसियतले पालीकाहरुमा बजेटको निर्धारण गर्दा स्वतन्त्र, आत्मा निर्भर र सम्मुनत अर्थतन्त्रको तर्जमा गर्ने प्रण गर्दछ ।
३. स्थानिय श्रोत साधन, जल, जमिन, र जंगललाई समुचित रुपमा प्रयोग गरि पालीकाहरुलाई समृद्धि तर्फ डोर्याउने प्रण गर्दछ ।
४. पालीकाहरुलाई स्थानिय श्रोत साधनमा आधारित साना उद्योग तथा ठुला ठुला उद्योग संचान गरि औद्योगीकरण तर्फ लाने प्रण गर्दछ ।
५. पालीकामा रहेका सबैलाई रोजगारको ग्यारेण्टी गरिने छ । जसको लागि कृषि, खानी, जलश्रोत तथा पर्यटनको बिकास लगाएतमा आधुनिकीकरण गरिने छ ।
६. शिक्षामा आधुनिकीकरण गर्न समय सापेक्ष ब्यावशायिक शिक्षा लागु गरिने छ ।
७. पालीकाहरुमा यातायात, सिंचाई, संचार, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रमुख प्राथमिक्तामा राखेर कार्य गरिने छ ।
८. पालीकाहरुलाई गाँस, बास र कपास, शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाईने छ । जसको लागि कृषि पकेट क्षेत्र घोषणा गरि खाद्य्य पकेट क्षेत्र, फलफुल पकेट क्षेत्र, पशुपालन पकेट क्षेत्र आदि घोषणा गरि सम्पूर्ण जल, जमिन र जंगललाई पूर्ण रुपमा प्रयोग गरिने छ । जंगल बाहेक कुनै जग्गालाई बाँझोे राखिने छैन ।
९. खम्वुवान राष्ट्रिय मोर्चा(खरामो), नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा पूर्ण आश्था राख्ने छ । तथापी राजनीतिक विचारहरुको प्रतिस्पर्धा होईन, समावेशी लोकतन्त्रमा आधारित भएर बिकासको तिबै प्रतिस्पर्धाको मोडलमा विस्वास राख्दछ ।
१०. खम्वुवान राष्ट्रिय मोर्चा(खरामो) प्रश्न गर्दछ के खाली पेटलाई खोक्रो कुनै वाद र विचारधाराले भर्न सक्दछ ? यस कारण अब आर्थिक उन्नती यो देशलाई आवश्यक छ किन कि भोको जनताहरुलाई एक मुठि अन्नको आवश्यक छ । हामी यसैको लागि नेपाली राजनीतिक आकाशमा आएका हौं । हाम्रो स्वार्थ समाजमा बाँकि रहेका सामाजिक अन्तरविरोधहरुको हल गर्दै सिंगो नेपाली जाति(राष्ट्र)को निर्माण गर्दै यो देशलाई आर्थिक क्रान्ती गरि सबैको मुहारमा हाँसो र खुशी ल्याउनलाई ।

जय खम्बुवान
चुनाव प्रचार प्रसार समिति
केन्द्रीय कार्यलय ।

Comments

comments

Load More Related Articles
Load More In OWN PARTY NEWS (आफ्ना समाचारहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…