पूर्वमा खम्बुवानको बृहत क्षेत्रीय भेला सम्पन्न

खम्बुवान राष्ट्र राज्यको माग गर्दै सडक र सदनबाट समेत संघर्ष गरिरहेको खम्बुवान राष्ट्रिय मोर्चा नेपालको ३ र ४ नम्बर क्षेत्रीय स्तरको बृहत भेला मंसिर १६ गते उदयपुरको बेल्टारमा सम्पन्न भएको छ । भेलाले गाउँ गाउँमा खम्बुवान जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
सुनसरी, झापा, इलाम, मोरङ, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर लगायतबाट भेला भएका खम्बुवानका नेता तथा कार्यकर्ताहरुले आगमी चैत्र मसान्तभित्र पूर्वका सबै जिल्लाका गाउँ गाउँमा खम्बुवान जागरण अभियान सञ्चालन गरिसक्ने निर्णय भएको ३ र ४ नम्बरका क्षेत्रीय संयोजक तथा खम्बुवान राष्ट्रिय मोर्चा नेपालका केन्द्रीय सचिव, संगठन, सूचना तथा सञ्चार प्रमुख भूपी कोयीले जानकारी दिएका छन् ।
केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला अध्यक्ष राजेन्द्र अनमिनको अध्यक्षतामा केन्द्रीय उपसचिव राजुदेव खम्बुले भेलालाई सञ्चालन गरेको थिए । बेल्टारकै इतिहासमा सबैभन्दा बृहत कार्यक्रम सम्पन्न भएको अनमिनले बताए । खम्बुवानको कार्यक्रमबाट प्रभावित भएपछि विभिन्न राजनीतिक दल परित्याग गर्दै खम्बुवानमा प्रवेश गरेका छन् । सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको सो क्षेत्रीय भेलाले खम्बुवान राष्ट्र पुर्नस्थापना गर्ने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बृहत क्षेत्रीय भेलामा पार्टीका केन्द्रीय सचिव, संगठन, सूचना सञ्चार प्रमुख भूपी कोयीले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मुलुक राजनीतिक अग्रगमन र प्रतिगमनको टोबाटोबाट गुज्रिरहेको बताउँदै नेपाली जनताको बलिदानी, संघर्ष र विद्रोहबाट प्राप्त उपलब्धीहरु गुम्ने गम्भिर खतरा भएको बताए । मुख्य उपलब्धी नै गुम्ने चुनौती सृजना भएकाले आ–आफ्नो कार्यक्षेत्रमा संगठन विस्तार, सृुद्धिकरण, प्रशिक्षण गर्न नेता कार्यकर्ताहरुलाई कोयीले निर्देशन दिए ।
भेलामा विशेष अतिथि केन्द्रीय समितिका नेताहरु रहेका थिए । उनीहरुले बोल्ने क्रममा संगठन विस्तार, सुदृणीकरण गर्दै तोकिएको समय सिमाभित्रै वडा, गाविस, नगर अधिवेशन गर्ने प्रतिबद्धता गरेका थिए । भेलामा प्रत्येक जिल्ला अध्यक्षहरुले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्ना धारणा राखेका थिए ।
विभिन्न पार्टी परित्याग गर्दै नयाँ प्रवेशी कार्यकर्तालाई स्वागत गर्दै विधानअनुरुप प्रमुख अतिथि कोयीले सपथ समेत गराए । सम्बोधनका क्रममा बेल्टार बसाह नगरपालिका अवस्थित विवादित चौकलाई स्थानीय जनता, बुद्धिजीविको उच्च कदर गर्दै कोयीले सहिद रामप्रसाद चौक घोषणा गरे ।
यसैबीच मंसिर १७ गते त्रियुगा नगर र उदयपुर जिल्लाको कार्यलय उद्घाटन केन्द्रीय सचिवले कोयीले गरेका छन् ।

Comments

comments

Load More Related Articles
Load More In OWN PARTY NEWS (आफ्ना समाचारहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…