नेताले विद्यालयलाई सोलार दिए

इलाम/हिजो आज राजनीति भन्ने वित्तिकै सर्वसाधारणले नाक खुम्च्याउने गर्छन् । जनताको सबैभन्दा बढि आलोचक बनेका राजनीतिक दलका नेताहरु भोगविलास र सुविधामा लडिरहेका बेला एकजना भूतपूर्व भारतीय सेनाबाट सेवा निबृत्त राजनीतिक पार्टीमा लागेर उदाहरणीय कार्य गर्दै आएका छन् ।
खोटाङ सुङ्देल जन्मघर भएपनि सपरिवार धरान ११ मा हाल स्थायी बसोबास गर्दै आउनु भएका भूपी कोयी राई खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सचिव हुन । खम्बुवानका नाममा धेरैले चन्दा उठाएको र कत्तिले त पैसाकै लागि हतियारसमेत चलाएका थिए । कोयी भने विचारले राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छन् । पार्टीका जुनसुकै कार्यक्रममा पनि व्यक्तिगत खर्च गर्ने कोयीले हालै इलामको चुलाचुली स्थित एक विद्यालयलाई ५० हजार ५ सय बराबरको सोलार उपहार प्रदान गरेका छन् ।
श्री सुर्योदय प्राथमिक विद्यालयलाई उपहार स्वरुप व्यक्तिगत ५० हजार ५ सय बराबरको बैकल्पिक सौर्य उर्जा हस्तान्तरण गर्दै विकट क्षेत्रका बालबालिकालाई समेत कम्प्युटरको ज्ञान हुनुपर्ने उनले बताए । दलबहादुर खम्बुको अध्यक्षतामा इलाम चुलाचुली ५ श्री सुर्योदय प्रा.वि.मा खम्बुवान राष्ट्रिय मोर्चाको विशेष भेला सम्पन्न भएको थियो । सोही भेलामा केन्द्रीय नेताहरु, बुद्धिजीवि, स्थानीय विद्यालयका शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विशेष भेलामा प्रमुख अतिथि समेत रहेका भूपी कोयीले कार्यक्रम स्थलमा नै सोलार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा विशिष्ट अतिथि खरामोका उपप्रवक्ता रणेन्द्र थिम्राहाङ, उपसचिव राजुदेव खम्बु, अतिथि केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष नेपालधन खम्बु, केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला अध्यक्ष राजेन्द्र अनमिन, केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रेम चाम्लिङ रहेका थिए ।

Comments

comments

Load More Related Articles
Load More In OWN PARTY NEWS (आफ्ना समाचारहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…