खम्बुवानको राजनैतिक प्रस्ताव

नेपालमा चार नश्लका मानिसहरु बसोबास गर्दै आएका समाज शास्त्रीहरुको ठोकुवा छ । ती नश्ल ( महावंश) हरु मंलोल, आर्य, अष्ट्रो र द्रबीड हुन् । आर्य र मंगोल नश्लीहरु नेपालमा बहुसंख्यामा छन् । मंगोल नश्लमा विशेष खम्बू, लिम्बू, तमू, नेवा, तामाङ, शेर्पा, मगर, चेपाङ, राउटे, लेप्चा आदि थुप्रै छन् । चार नश्ल मध्येको अर्को प्रमुख नश्ल आर्य हो । आर्य नश्लमा क्षेत्री, बाहुन, कामी, दमाई, सार्की, मधेसी, दलित पर्दछन् ।( थारु, राजवंशी, मेचे, कोचे, बाहेक ) अष्ट्रो नश्लमा सन्थाल र द्रबिड नश्लमा झाागड जातिलाई लिने गरिन्छ । यसरी नै भाषा परिवारका हिसाबले नेपालमा चार भाषा परिवारका मानिसहरु वर्गिकृत छन् । हुन त केही भाषा विदहरुले कुसुण्डालाई पनि मान्यता दिई पााच भाषा समूह मानेका छन । अष्ट्रो र द्रबिड भाषा परिवारमा क्रमशस् सन्थाल ( सतार ) र झागड हुन् । आर्य नश्लकाहरु भारोपेली ( भारत–युरोपेली ) भाषा परिवारका हुन् । यसै गरी मंगोल नश्लहरु भोट वर्मेली हुन् ।
मंगोल नश्ल भित्रका पूर्वी नेपालमा रहने खम्बू एउटा प्रमुख जाति ( Nation ) हो । वि.सं. २०५८ को जनगणना अनुसार खम्बू जातिको जनसंख्या ७,३५,१५१ अर्थात् कुल जनसंख्याको २.८५ रहेका छन् । तर, यो यथार्थ तथ्याङ्क होइन भन्ने हाम्रो मान्यता छ । हाम्रो आफ्नो अध्ययन अनुसार करिब १३ लाखको संख्यामा खम्बूहरु रहेको तथ्य पत्ता लागेको छ । यो करिब कूल जनसंख्याको ७.५ हुन आउाछ ।

१) खम्बू र खम्बुवान
खाम्वेक, खम्बुङवा र खम्वापू शब्दको परिस्कृत रुप नै खम्बू हो । खाम्बेकको अर्थ धर्ती, खम्बूङवा प्रथम मानव र खम्वापूले धर्तीको मालिक भन्ने अर्थ राख्दछ । खम्बू ज्यादै प्राचीन र मौलिक जातीय पहिचान हो । यही खम्बु वंशीको ऐतिहासिक भूमि नै खम्बुवान हो । खम्बू वंशको एक हाागो लिम्बू जातिले एक काल खण्डमा लिम्बुवान राज्य खडा गरी छुट्टै पहिचान राखेको छ । यस कारण लिम्बू बाहेक राई, याक्खा, यम्फू, लोहरुङ, आठपहरिया, वालुङ, मेवाहाङ, दनुवार, सुनुवार, जिरेल, सुरेल, हायू, माझी आदि समूहहरु आज पनि खम्बू नै हुन् । यिनीहरुको सामे, साम्मेलिङ र चूला पूजाले वा मुन्धुममा आधारित संस्कृतिले यिनीहरु एकै परिवारको सदस्य रहेको तथ्य जाहेर गर्दछ । हेच्छाकुप्पा, कोक्तिसालाको नामबाट पनि परिचित खम्बुहाङ खम्बुवानको प्रथम प्रतापी राजा रहेके इतिहास( मुन्धुम ) बताउदछ । उनको पालामा खम्बूहरु पश्चिम किरगिज देखि पूर्व दक्षिण चीन तथा भियतनाम सम्मै अनि उत्तरमा सम्पूर्ण हिमालय आसपास र दक्षिणमा हिन्द महासागर सम्म फैलिएको थियो भन्ने मुन्धुममा वर्णित छ । यध्यपी आज खम्बू र खम्बूवान दुवैको अर्थ संकुचित भएको छ । खम्बूवान टुक्रिने चोइटिने क्रममा पछिल्लो पटक खाम्सोसोहाङले बनेपा पूर्व दूधकोशी किनार मुग्ली–देरेपुमा खम्बूक–यक( खम्बू भूमि ) नामक किल्ला खडा गरी खम्बुवानको पछिल्लो अवशेष बचाउन सफल भए । यो विशाल खम्बूवानको निरन्तरता मात्र थियो र वर्तमान खम्बू पुस्ताले दाबि गरेको आधुनिक खम्बुवानको प्रारुप पनि यसैमा आधारित छ । स्वतन्त्र खम्बूवानको सार्वभौमिकता सर्वप्रथम १८३१ सम्ममा पृथवीनारायण शाहले खुनी हमला गरी यसको अस्तित्व नामेट गरेका हुन् । तर, पनि भाषिक, सांस्कृतिक, भौगोलिक रुपमा आज पर्यन्त अविचल भएर खम्बूवान भूमि उभिएको छ । चोमोलुङमा क्षेत्रलाई आज खम्बू क्षेत्र भनेर चिनिन्छ भने सम्पूर्ण खुम्बूवानको प्राकृतिक स्थान तथा भूमिको नामाकरण मौलिक खम्बू भाषामा रहेका छन् । यसरी आजपर्यन्त ऐतिहासिक प्राचीन आदिवासी खम्बू जातिको राज्य खम्बूवान आफ्नो भौगोलिक, सांस्कृतिक, भाषिक, पहिचान सहित अडिग र जीवित छ । यिनै बलियो भौगोलिक, ऐतिहासिक र जनसांख्यिक आधार भएको खम्बू जाति खम्बूवान राष्ट्र–राज्यको स्पष्ट हकदारी छन् ।

२. खम्बू जाति र राष्ट्र
कुनै पनि जातिले राष्ट्रमा विकसित भए पश्चात स्वायत्तता पाउने राजनैतिक आधारमा पनि खम्बूहरु राष्ट्र भएको स्पष्ट छ तर राष्ट्र र जाति फरक ढंगले बुझिदिनाले यहा थुप्रै भ्रम छ । राष्ट्र भनेकै मानिसहरुको ठूलो समुदाय हो । पूाजीवादी तथा साम्यवादी दुवै थरिका राजनीतिक विज्ञहरुले, दार्शनिकहरुले जाति राष्ट्रको व्याख्या एकै ढंगले गरेका छन् । अक्सफोर्ड एड्भान्स लर्नर डिक्सनरी अफ करेण्ट इङ्गलिस अनुसार एकै चरित्र वा राजनैतिक आकांक्षा भएका मानिसहरुको ठूलो समुदाय नै राष्ट्र ( Nation ) भनि प्रष्ट परिभाषा गरेको छ । साम्यवादी दार्शनिक जोसेफ स्टालिनले प्रष्ट पार्दै लेख्नु हुन्छ– राष्ट्र भनेको ऐतिहासिक रुपले विकसित स्थिर मानव समुदाय हो जुन साझा संस्कृतिमा प्रतिविम्वित हुने साझा भाषा, साझा भू–भाग, साझा आर्थिक जिवन र साझा मनोवैज्ञानिक संरचनाको आधारमा निर्मित हुन्छ । स्टालिनको यो परिभाषाले कुनै निश्चित जाति समुदाय नै राष्ट्र हो भन्ने पष्ट पार्छ । यि परिभाषाको आधारमा खम्बु जाति, साझा भाषा खम्बू (दूम ) साझा भू–भाग (ऐतिहासिक पृष्ठ भुमिको आधारमा प्रस्ताव गरिएको खम्बूवान) कृषिमा आधारित साझा आर्थिक जीवन, खाम्वोङवा, खाम्बोङसा, खम्बू जाति नै राष्ट्र हो । खम्बू जाति अन्य विभिन्न पाछाहरुमा विभक्त भएर भाषिकासम्म निर्माणमा समक्ष हुादै पुन: एकै संसार र्सकृतिमा पुनर्संयोजन भएको हुनाले पनि यसले राष्ट्र बन्ने आधार मा अनुमोदन प्राप्त गरेको छ । समाज विकासको नियम अनुसार खम्बू जाति गण, ( Clan ) कविला, ( Tribe ) जनजाति, ( न्याश्नलइत्य्)को चरण पार गर्दै राष्ट्र ( Nation ) रुपमा आईसकेको जाति हो ।
राष्ट्रको अर्थ राज्य देश जस्ता निर्जिव भौगोलिक क्षेत्र मात्र होइन, जाति बनिसकेका मानव समुदाय हुन् । यिनै तथ्यको आधारमा खम्बू तथा खम्बूवानवासीहरु खम्बूवानको हकदारी छन् ।

३. खम्बूवानको ऐतिहासिक पृष्ठभूमि
१८३१ सम्म खम्बूवान स्वतन्त्र राष्ट्रको रुपमा थियो । स्वतन्त्र ढंगबाट १६ वटा संघीय गणराज्यको रुपमा संचालित थियो । मुख्य मुख्य थुममा अन्तिम अवस्था धुलिखेलमा महेन्द्रसिं, दोलखामा नाम्दुहाङ, रावा थुममा चतिम, हतुवामा सुनाहाङ, तामा कोशी रामेछापमा वलिहाङ, उलिहाङ शासन गर्दथे । तर, पृथ्वी नारायण शाहले राज्य विस्तार गर्दा कुनै सम्मिलन वा भावनात्मक एकिकरण नगरिकन खुनी हमलाद्वारा एकिकरण गरेकोले टुटेको कडीलाई जोड्न पनि खम्बूवानको पुनस् निर्माण जरुरी हुन्छ । खम्बूवान निर्माणको मुख्य ऐतिहासिक आधार पनि यही हो । नेपालको परम्परागत संघीय संरचना लिच्छवी मल्ल र खम्बुकाल को नया पुर्नसंरचना गर्न खम्बूवान कोशेढुङ्गा सावित हुनेछ । खम्बुवान पछिल्लो समयमा छुटेको संघीय राज्य संरचनाको अन्तिम कडी हो । खम्बूवान राज्य निर्माण यसै कारण अनिवार्य बन्न पुगेको छ । अहिले पनि खम्बूवानको ऐतिहासिक पृष्ठभूमिमा तात्विक भिन्नता आएको छैन । नेपालको आन्तरिक राष्ट्रलाई बलियो बनाउन खम्बूवान गठन गर्नु पछिल्लो शर्त हो । सुगौली सन्धीले टुक्राएको हालको बिहारमा पर्ने खम्बूवानको जलाल गढी र मावागढीलाई खम्बूवान सम्बोधन गर्न सक्दछ ।

४. खम्बूवानको प्राप्तिका लागि भएका ऐतिहासिक विद्रोह
खम्बूवान स्वायत्तताका निम्ति विद्रोह ऐतिहासिक काल खण्डमा भएका छन् । खम्बूवानको त्यो ऐतिहासिक विद्रोह र द्वन्द्वलाई सम्बोधन गर्न यहिनेर आएर जरुरी छ ।

क. खम्बूवानमा भएका मुख्य विद्रोहहरु
१. प्रथम विद्रोह सन् १९६४ मा हतुवा गढीका राजकुमार र सेनापति अटलसिंह खम्बूको नेतृत्वमा भएको विद्रोह हो । उनले ३३ वर्ष छापामार युद्ध गरेर दोश्रो सम्बर कहलिए । यसमा पनि खम्बू योद्धाहरु अटलसिंह, कण्ठवीर, भरतसिङ, अटल खत्री, कनक सिं घर्ती र नरि बस्नेत सहित सयौं खम्बू तथा गैर खम्बू वीरहरु पनि काटिए । यस विद्रोहलाई अवज्ञान पर्वको नामले समेत चिनिन्छ । यस लडाईमा केही थुम फिर्ता लिन सफल भएको बताईन्छ ।
२. २००७ सालमा राम प्रसाद राईले जुन युद्ध लडे त्यो पनि खम्बूवान पुन प्राप्तिका लडाई थियो । यसको तथ्य राम प्रसाद राईको सहयोगी हर्कपाल राईले उजागर गर्नुभएको छ ।
३. २०४९ साल भदौं ५ गते गोपाल खम्बूको अध्यक्षतामा गठित खम्बूवान राष्ट्रिय मोर्चा, जसले खम्बूवान राष्ट्र–राज्य स्थापनार्थ ०५४–०५८ भूमिगत सशस्त्र लड्यो भने ०६४ फागुन १८ गतेसम्ममा तत्कालिन सात दलिय गठबन्धन सरकारलाई खम्बूवानको अस्तित्व स्विकार्न बाध्य पार्यो । जसमा ५ बुादै ऐतिहासिक सहमतिमा खम्बूवान स्वीकार गरिएको छ ।

५. खम्बूवान राज्य निर्माणको राजनैतिक आधार
खम्बूवान राष्ट्र निर्माणको वैज्ञानिक र प्रशस्त राजनैतिक ऐतिहासिक आधारहरु छन् । सुरुवात दिनहरुमा खम्बू र खम्बुवानका बारेमा भ्रम र विवाद सृजना गर्ने जातिय संस्था हरु पनि अन्ततस् संकुचित रुपमा भए पनि किरात/खम्बूवानको खाकामा आईपुगेको छ भने अन्य राजनैतिक दलहरु पनि ३० दलिय गठबन्धन मार्फत किरात/खम्बूवानको पक्षमा उभिएका छन् । यसो हुनुमा खम्बूवान मौलिक ऐतिहासिक आधार र राजनैतिक मापदण्ड भित्र पर्नु नै हो ।
खम्बूवान राष्ट्र–राज्य बन्ने आधारहरु तपसिलमा उल्लेख गरिएको छ ।
१.खम्बू जाति एक राष्ट्र ( nation) भएकोले –खम्बू जातिको ऐतिहासिक साझा भूगोल खम्वुवान, कृषिमा आधारित साझा आर्थिक जीवन, साझा खम्बू दुम (खम्बू भाषा) खम्बू हौं भनि गर्व गर्ने साझा मनोविज्ञान राष्ट्र बन्नका लागि विभिन्न इकाई (अलग भाषिका) सहित पाछाको विकास , हरुको संयोजन चरण पार गरेकाले ।
२. खम्बूवानमा अझै पनि खम्बू जातिको सघन बसोबास रहेकोले ।
३.खम्बूवानको आन्तरिक औपनिवेश अन्त्य गर्दै राष्ट्रिय मुक्तिको बन्दोबस्त र राष्ट्रिय स्वाधिनतालाई अक्षण राख्न ।
४.नेपाल अन्तर्गत खम्बूवान संघ राज्य निर्माण गर्ने माग भई
आएकोले ।
५.बर्सौदेखि खम्बू माथि भईरहेको जातिय भाषिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक उत्पिडनको अन्त्य गर्न सँग संगै खम्बूवान वासीको मुक्तिको निमित्त आजको सामाजिक सन्तुलन अनुसारको राज्य निर्माण गर्न आवश्यक रहेकोले ।
६.संयुक्त राष्ट्र संघको आदिवासी घोषणा पत्र अनुसार आदिवासीको थात थलोमा उनीहरुको आत्मा निर्णयको अधिकार हुने मान्यता अनुसार खम्बूहरुको ऐतिहासिक थातथलोमा उनीहरुको आत्मा निर्णयको अधिकार सुनिश्चित गर्ने विश्वव्यापी मान्यतालाई स्थापित गर्न ।
७.खम्बू जाति र खम्वुवान बासीलाई सााचो अर्थमा राजकीय सत्ताका मालिक र सार्वभौम सत्ता सम्पन्न बनाउन खम्बू र खम्वुवानवासीको नागरिक स्व्तन्त्रता वहाल गर्न ।
८.खम्बू र खम्वुवानवासीको ईच्छा र चाहनालाई सम्बोधन गर्न ।
९.खम्वुवानको द्वन्द र अन्तर विरोधको समाधान गर्न खम्वुवानवासी खम्बू जाति र गैर खम्बू बीचको एकतालाइ सुदृढ गर्न नयाँ आधारमा एकता स्थापित गर्न ।
१०.खम्वुवानको सम्वेदनशीलतालाई देशको बलियो एकतामा ढाल्न यस्ता अनगिन्ती राजनैतिक आधारहरुका कारण खम्वुवान राष्ट्र निर्माण अपहिरहार्य भएको छ ।
११.बर्षौदेखि टुटेको भावनात्मक कडी जोडि वास्तविक एकिकरण गर्दै वास्तविक सिङ्गो नेपाल निर्माण गर्न समेत खम्वुवान बनाउनै पर्दछ ।

६. खम्वुवान निर्माणको प्रस्थान बिन्दु
खम्वुवान राष्ट्र निर्माणको प्रस्थान बिन्दु (जिरो पोईन्ट)पहिचान को आधार मा बन्ने लोकतान्त्रिक संघीय गणतन्त्र हुनेछ । कथित अमुर्त ७ प्रदेस युक्त बर्तमान सम्रचनाको खारेजी बिना खम्वुवान राष्ट्र निर्माणको बाटो खुल्दैन । नेपालको शाहवंशीय राजतन्त्र द्वारा खम्वुवान माथि खुनी हमला द्वारा विघटन गरेकोमा कुनै भ्रम राख्नु हुदैन । वर्तमान अवस्थामा राजतन्त्र रुपमा अन्त्य भए पनि हिजो राजतन्त्रको अन्त्य बिना जसरी खम्वुवान संघीय राज्य सम्भव थिएन आज सिक्काको दुई पाटाको रुपमा रहेको एकात्मक चिन्तकहरु कथित बिधी बिहिन सम्रचना लिएर, अवरोध बनेर ठिङ्ग अगाडि उभिएका छन । अत: अब यसको समूल अन्त्य बिना खम्वुवान सहित अन्य राष्ट्र राज्यहरुको निर्माण सम्भव छैन । अर्कोतर्फ पूाजीवादी व्यवस्थाले सामन्तवाद सँग संयोजन गर्ने सक्दैन । सामान्तवाद सङ्गै आउने संघात्मक संरचना र वर्ण संस्कार मात्र हुन्छ । बहुएकात्मक संरचना हुन्छ । रुपमा धेरै राज्य बन्लान् तर त्यसको सार एकात्मक नै हुन्छ । यस्तो बहुएकात्मक संरचना सामन्तवादी हुन्छ । नेपालको यो स्वरुप बन्नु अगाडिकै साना–साना सामन्तवादी जातिय बाईसौ, चौबिसौ राज्यको पुरावृत्त हुनेछ । जसले नयाा नेपालको निर्माण गर्न सक्दैन, त्यस्तो संरचनाले आजको अन्तर विरोधलाई सम्बोधन पनि गर्दैन । यसकारण यि सम्पूर्ण सारमा कही रुपमा रहेको अवरोधको अन्त्य नै अबको राष्ट्र–राज्य खम्वुवान निर्माणको प्रस्थान बिन्दु हुनेछ र हुनु पर्दछ ।

७. राष्ट्रको परिभाषा भित्र खम्वुवान
नेपालको संविधान २०७२ ले राष्ट्रको परिभाषा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, विशेषतायुक्त भनि गरेको छ । राष्ट्रको परिभाषा बहुजातीय, बहुभाषीय भनेर गर्ने तर राष्ट्र निर्माण त्यो अनुरुप नहुनु हास्यापद कुरा हो । वि.सं. २०४७ को संविधानले पनि राष्ट्रको भाषा यस्तै गरेको थियो । केवल बहुधार्मिक किटान गरेको थिएन । तर, राष्ट्र गठन त्यो अनुरुप हुन सकेन त्यसैले संविधान विफल भयो । अहिले पनि यसै गरी अमूर्त संघियताको व्यवस्था गरिएको छ यो पनि असफल हुनेवाला छ । अत: राष्ट्रको परिभाषा अनुरुप राज्यको पुनर्सम्रचना गर्नु जरुरी छ । यो राजनैतिक आधारले पनि खम्वुवानको निर्माण अपरिहार्य भएको छ ।

८. खम्वुवानको भूगोल र सत्ताको अवधारणा
जातीय राज्य निर्माण गर्न भौगोलिक आधारको पनि जरुरी छ । यस्तो भौगोलिक आधार जातीय एैतिहासिकताको आधारबाट सुनिश्चित गर्न सकिन्छ । पछिल्लो समयमा स्थापित वा विघटन हुन अघिको भौगोलिक खम्वुवान नै आजको खम्वुवान हुनेछ । तर, खम्वुवान सिङ्गो संघ हो । खम्वुवान संघ राज्य अन्तर्गत शेर्पा, लोहरुङ(याम्फू), मेवाहा (पााचखप्पन), याक्खा, लिम्बू (सोह्रखाल्सा), मुसलमान (सांस्कृतिक) विशेष स्वयत्त क्षेत्र, स्वशासन र समुह हरु बन्न सक्नेछन् । खम्वुवान भूगोलको विवादित सवाल भने जनमत संग्रहको माध्यमबाट अनुमोदन गर्नुपर्दछ ।
अर्थात, ऐतिहासिक पृष्ठभुमिको आधारमा खम्वुवान निर्माण नै आजको खम्वुवान निर्माणको प्रस्ताव न्याय संगत र आधार संगत हुनेछ । संघीय राज्य अन्तर्गत नयाँ
नेपाल निर्माण गर्ने दिशामा २१ औं शताब्दीको खम्वुवान भनेको खम्बू जाति, खम्वुवानको ऐतिहासिक संगै जोडिएको आदिवासी जनजातिको मुक्तिको प्रश्न पहिलो शर्त र समग्र खम्वुवानवासीको मुक्तिको प्रश्न दोश्रो शर्त हुनेछ । अर्को महत्वपूर्ण पक्ष नयाँ खम्वुवान आजको सामाजिक सन्तुलन अनुसार निर्माण गरिने हो वा जातिय जनसङ्ख्या को आधारमा पूर्ण समानुपातिक समाबेसि हुने छ । खम्वुवान नेपाल अन्तर्गतको संघ राज्यको प्रचलित रक्षा, मुद्रा र विदेश मामिला केन्द्रीय सत्तामा रहने नेपाल अन्तर्गत संघ राज्य हो ।

९. राष्ट्रिय मुक्ति र स्वाधिनता
नेपालको समग्र मुक्ति यी दुई कार्य दिशाको समायोजनबाट मात्र सम्भव हुन्छ । राष्ट्रिय मुक्ति र राष्ट्रिय स्वाधिनता एक अर्काको पुरक विषय हुन् । आन्तरिक राष्ट्रियतालाई बलियो बनाउने राष्ट्रिय मुक्तिको कार्यदिशा हो भने समग्र राष्ट्रिय स्वाधिनतालाई मजबुत बनाउदै सिंगो समृद्ध मुलुकको निर्माण यसको रणनीति हो । हाम्रो देशमा २४२ वर्षदेखि निहित आन्तरिक औपनिवेशिकरणको अन्त्य गर्ने कार्य सूचि राष्ट्रिय मुक्ति हो । आन्तरिक राष्ट्रियतालाई मजबुत बनाउन एउटै मालामा उन्ने अर्को सूची राष्ट्रिय स्वाधिनता हो ।

११. कम्युनिष्ट आन्दोलन र जातीय मुक्ति
जुन अनुपातमा एक व्यक्तिद्वारा अर्को व्यक्ति माथि हुने शोषणको अन्त्य हुनेछ । त्यसैगरी एक जाति ( रास्ट्र ) द्वारा अर्को जाति (राष्ट्र) माथिको शोषणको पनि अन्त्य हुनेछ । त्यसैगरी उही अनुपातमा एक जाति अन्तर्गत रहेका वर्गहरु बीचको प्रतिद्वन्दिता हट्नेछ । (माक्र्स–ऐगेल्स कम्युनिष्ट घोषा पत्र) यसरी कम्युनिष्ट आन्दोलनको पहिलो घोषणाले जातीय मुक्ति र वर्गीय मुक्तिको प्रश्नलाई हल गरेर मात्र वास्तविक मुक्ति हुने प्रष्ट पारिसकेको विषय हो । कम्युनिष्ट आन्दोलन या सिद्धान्तले वर्गीय र जातीय मुक्ति आन्दोलनलाई प्राथमिकताका साथ उठाउनु पर्दछ । संसारका क्रान्तिहरु यी दुई सवाललाई वा अन्तरविरोधलाई समायोजन गरेपछि मात्र सफल भएका छन् । हाम्रै देशमा भएको एनेकपा माओवादीको जनयुद्ध यसरी वर्गीय र जातीय सवाललाई समायोजन गरेपछि मात्र घनिभूत भएको तथ्य घाम जतिकै छर्लङ्ग छ । कम्युनिष्ट आन्दोलनले बाटो बिराएर जातीय मुद्धा छुट्यो भने वर्गीय मुद्दा टुहुरो बन्नेछ । यी दुवै मुद्दा कम्युनिष्ट आन्दोलनको सफलताका कडीहरु हुन् ।

बाँकी बचत
नेपाल बहुभाषिक, बहुजातिय, बहुधार्मिक तथा बहुसाास्कृतिक मुलुक हो । सन् २००१ को जनगणना अनुसार १०१ जाति र करिब ९० भाषिक समूह नेपालमा बसोबास गर्छन । भौगोलिक विविधता (हिमाल, पहाड, तराई) पनि छ । नेपाल अल्पसंख्यक नै अल्पसंख्यकको देश हो । यहाँ कोही पनि निरिपेक्ष बहुमतमा छैन । कुल जनसङ्ख्या को एक निनिश्चत जाति १६% भन्दा बढी छैन । करिब १४.५ जनघनत्व शहरमा छ बााकी ८६.५ जनघनत्व गाउमा छ । एक लाख भन्दा माथि जनसंख्या भएका ३१ वटा जाति, १ लाख मानिसका ५० हजारसम्म १६ जाति, ५० हजार भन्दा मुन १० हजारसम्म २५ वटा जाति, १० हजारदेखि १ हजारसम्म १४ वटा जाति, एक हजार मुनि ५ जाति (मुण्डा, राउटे, हेल्मो, कुशवाडियो र कुसुण्डा) छन् ।
राष्ट्र (जातिय राज्य) निर्माण गर्दा असंख्य राज्य बन्ने भ्रम छ । त्यो सत्य होइन जुन जुन जाति राष्ट्रको हैसियतमा छन् तीनहरुलाई राष्ट्र राज्यमा सामिल गराउनु पर्दछ । यसरी राष्ट्र निर्माण गर्दा १ दर्जन भन्दा बढी संघ राज्य बन्न सक्दैन । तर, जातीय आधारमा बन्ने राष्ट्र राज्यहरु जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा बनाउनु पर्दछ । यसो गर्दा देश विखण्डन होइन मजबुत हुनेछ ।
अत: जनतालाई साचो अर्थमा सार्वभौम बनाएर हल खोज्ने हो भने त्यसले निकास दिन्छ । अहिले दलहरु मात्र सार्वभौम भएका छन् । राजनैतिक संकटको तार्किक निष्कर्षको लागि वर्गीय, जातीय, क्षेत्रीय लगायतको अन्तरविरोधको हल गर्ने साधनको रुपमा अब संबिधान सम्सोधन गरी संविधानलाई सार्थक बनाउन जरुरी छ । एकात्मक सामन्तवादी सोचको अन्त्य र वास्तविक संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना जनताको विश्वविद्यालयमा मात्र भेटिन्छ । विश्वका अधिकांश देश पूाजीवादको चरणमा पुगिसक्यो । हाम्रो देशले पूाजीवादी दैलोको ठेलो पनि देख्न पाएको छैन । दुनियाको आन्दोलनको सफलता जनताको समर्थनमा भएको हो । १९ दिन महान् जनआन्दोलनको सफलता पनि जनताका अपार सहभागिताले सफल भएको हो । दलहरुले जनआन्दोलनको घोषणा मात्र गरेका हुन् सफलतामा पुर्याउने जनता हुन् । तिनै महान् जनताको आकांक्षालाई राजकीय सत्ताको मालिक बनाउनु पर्छ । सामन्तवादको अन्त्य र पूाजीवादको ढोका तब मात्र खुल्छ । देश शान्ति क्षेत्रमा अवतरण हुदै स्विजरलैण्ड हुनेछ । अन्यथा, एकात्मकवादी सोंचले यो देशलाई कंगालको हालतमा पुर्याउने छ सबैले सोचौं । यो नै नेपालको सुनौलो भविष्य हो ।