खम्बुवानको भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

उदयपुर/उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–६ स्थित श्रीपञ्चमीमा बैशाख १६ गते खम्बुवान राष्ट्रिय मोर्चा नेपालको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहको चुनावमा खम्बुवान भूमीमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गराउन खम्बुवानले विशेष प्रशिक्षण र भेटघाट कार्यक्रमको आयोजना गरिरहेको खम्बुवानका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला अध्यक्ष राजेन्द्र खम्बु अनमिनले जानकारी दिएका छन् ।
भर्खरै किरात जनवादी वर्कस पार्टीबाट बिद्रोह गरी खम्बुवानमा प्रवेश गरेकी खम्बुवान लिम्बुवान डिभिजन कमाण्डर तथा नारी मोर्चा अध्यक्ष पम्फा किरातीसँगै उदयपुरमा खम्बुवानको पक्षमा गाउँगाउँमा जनलहर बढेको नेता अनमिनले बताए । नेता पम्फा किरातीको प्रमुख आतिथ्यतामा खम्बुवानका केन्द्रीय सदस्य तथा युवा मोर्चाका बरिष्ठ उपाध्यक्ष संगठन विभाग प्रमुख एवं पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र खम्बु अनमिनको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खम्बुवान भोलेन्टीयर्सका सह–इन्चार्ज राहुल खम्बुको विशेष अतिथ्यता रहेको थियो । खम्बुवान युवा मोर्चाका केन्द्रीय सदस्य सूर्य खम्बुले कार्यक्रम सञ्चालन गरेका थिए । सोही कार्यक्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र, किरात जनवादी वर्कश लगायतका पार्टी परित्याग गरि खम्बुवान राष्ट्रिय मोर्चामा प्रवेश गरेका छन् ।
त्यसैगरी खम्बुवान राष्ट्रिय मोर्चा नेपालको चौदण्डी गढी नगरपालिकाको ७ नम्बर वडामा दिपक राईको अध्यक्षतामा १७ सदस्यीय कमिटि चयन भएको छ । समितिको उपाध्यक्षमा लालबहादुर राई, सचिवमा सत्यकला राई, सह–सचिवमा उत्तम राई, कोषाध्यक्षमा मिन्मा राई रहेका छन् भने सदस्यहरुमा मनोज राई, रामप्रसाद राई, अशोक राई, समुन्द्र प्रसाद राई, टिका राई, सुमन राई, प्रविन राई, गणेश राई, जिवन राई, स्वदेश राई, अनिल राई र संयोग राई (सूर्य) रहेका छन् ।
चौदण्डी गढी वडा नम्बर ६ मा राजन सुनुवारको अध्यक्षतामा खम्बुवान युवा मोर्चाको समेत गठन भएको छ । मोर्चाको बरिष्ठ उपाध्यक्षमा किरण राई, उपाध्यक्ष विकास राई, सचिव धनकुमार राई, सह–सचिव फुर्साङ शेर्पा र कोषाध्यक्षमा सुवास राई रहेका छन् । युवा मोर्चाको सदस्यहरुमा अमिर राई, टिकाराम राई, विनोद बोगटी, हस्तबहादुर माझी, लक्ष्मण राई, मुस्कान राई, विशाल राई, डोपचन्द्र राई, कृष्ण राई लगायतका रहेका छन् ।

Comments

comments

Load More Related Articles
Load More In OWN PARTY NEWS (आफ्ना समाचारहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…