क्षेत्री बाहुनहरु खम्बुवान पार्टीमा धमाधम संगठित हुन थाले

राज्यसत्तामा क्षेत्री बाहुनहरुको हालीमुहाली भए पनि आफ्नो जन्मथलोमा शासकहरुले हेलाहोचा गरेको भन्दै राष्ट्रिय मुक्तिको खातिर पूर्वका क्षेत्री बाहुनहरु खम्बुवान राष्ट्रिय मोर्चा, नेपालमा संगठित बन्न थालेका छन् । लामो समयदेखि राजनीति गर्दै आएका पूर्व जनमुक्ति सेनाका विभागिय कमाण्डर नारायण नेपाल (करण) सहितका नेताहरुले खम्बुवान राष्ट्र राज्य प्राप्तीका निम्ति खम्बुवान पार्टीमा आबद्ध भएको बताएका छन् ।
खम्बुवान राष्ट्रिय मोर्चालाई राईहरुको जातीय पार्टी भनि संकुचित आरोप लागेका कारण धरानमा हालै पत्रकार सम्मेलन गरी भूमी मुक्ति र राष्ट्र राज्य प्राप्तीको निम्ति सम्पूर्ण खम्बुवानबासीहरु एकजुट हुनुपर्ने भन्दै सो पार्टीमा संगठित हुन आब्हान गरेका छन् । नारायणप्रसाद नेपाल (करण) भारतीय सेनाका अवकास प्राप्त हवल्दार हुन् । माओवादी जनयुद्धका बेला उनी जनमुक्ति सेनाको १ नम्बर डिभिजन हेडक्वाटर चुलाचुलीमा इन्जिनियरिङ विभागको कम्पनी कमाण्डर थिए । उनी शैक्षिक अवकासमा निस्कने बेलामा रकम लुटपाट भई ज्यानसमेत जोखिममा परेपछि भागेर निस्केका थिए । त्यसपछि माओवादीको सक्कली रुप देखेर पार्टी परित्याग गरेको बताए ।
नेपालले माओवादी परित्याग गरेपछि स्वाभिमान राष्ट्रिय पार्टीमा केन्द्रीय सदस्यका रुपमा काम गरेका थिए । सो पार्टीका तर्फबाट दोस्रो संविधानसभाको चुनावमा मोरङ निर्वाचन क्षेत्र ६ र ७ बाट प्रत्यक्ष उम्मेद््वारी समेत दिएका थिए । स्वाभिमान राष्ट्रिय पार्टी राप्रपा नेपालमा बिलय भएपछि भूमी मुक्ति र पूर्वको विकासका निम्ति खम्बुवान राष्ट्रिय मोर्चामा प्रवेश गरेको दाबी गरेका छन्् । विराटनगर निवासी नेपाल क्षेत्री बाहुन शासकहरुले सोझा सिधा आदिवासी जनजातिहरुलाई उपयोग गरेर सत्तामा पुग्ने अनि त्यहि आदिवासी जनजातिलाई दमन गर्ने नीति लिएका कारण अब प्रत्येक जातजातिका मानिसलाई बाहुनवादको भण्डाफोर गर्न इमान्दार बाहुनहरुको खाँचो रहेकोले खम्बुवानमा लाग्न सम्पूर्ण इमान्दार क्षेत्री बाहुनहरुलाई आग्रह गरेका छन्् ।
खम्बुवान राष्ट्रिय मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल भारतीय भूपु सैनिक एवम कर्मचारी कल्याण परिषदका महासचिव छत्रबहादुर दाहाल, खस (क्षेत्री) परिषद््का संयोजक भीम तिम्सिनालगायतको उपस्थितिमा सम्पन्न भएको थियो । ३४ वटा जातीय परिषद््हरु खम्बुवान राष्ट्रिय मोर्चामा सक्रिय रहेको केन्द्रीय सचिव, संगठन, सूचना सञ्चार प्रमुख भूपी कोयीले जानकारी दिएका छन् ।

Comments

comments

Load More Related Articles
Load More In OWN PARTY NEWS (आफ्ना समाचारहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…